श्रावण २९, २०८३ शुक्रबार August 14, 2026

घरघरमा पुगेर सेवा दिँदै सामुदायिक अस्पताल

स्वास्थ्य उपचारमा लागेको औषधि, उपचार प्रक्रिया, जनशक्ति र सेवा दिन लागेको दूरीको आधारमा शुल्क निर्धारण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुन्दरबजार (लमजुङ), २१ साउन : लमजुङको सुन्दरबजार नगरपालिकामा रहेको छ एचडिसियस नमूना सामुदायिक अस्पतालले नागरिकको घरमै पुगेर स्वास्थ्य सेवा दिन सुरू गरेको छ ।

प्रत्येक दिन बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म घरमै पुगेर स्वास्थ्य सेवा दिइने र यसका लागि सम्बन्धित बिरामीले अस्पताल प्रशासनसँग सम्पर्क गरी समस्याबारे जानकारी टिपाउनुपर्ने व्यवस्था रहेको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताउनुभयो । फरक क्षमता भएका, ज्येष्ठ नागरिक, गर्भवती, बालबालिका, गर्भवती तथा सुत्केरी महिला, शल्यक्रिया गरेर घरमा आराम गरिरहेका, दिर्घ रोगीलाई प्राथमिकतामा राखी सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो ।

अस्पतालले प्यारामेडिक्स र नर्सिङसहितको टोलीलाई घरघरमा पठाएर विशेष गरी सुगर, ब्लडप्रेसर, ज्वरोसम्बन्धी परीक्षण, ल्याब परीक्षणको लागि नमूना सङ्कलन, औषधि पु¥याउने र स्वास्थ्यसम्बन्धी परामर्श दिने गरेको छ । यसबापत बिरामीको स्वास्थ्य उपचारमा लागेको औषधि, उपचार प्रक्रिया, जनशक्ति र सेवा दिन लागेको दूरीको आधारमा शुल्क निर्धारण गरिएको अस्पताल प्रशासनले जनाएको छ । सुरुआती अवस्थामा सुन्दरबजार नगरपालिका वडा नं ६, ७, ८ र ९, भानु नगरपालिका वडा नं ११ मा हाल सेवा प्रदान गरिँदै आएको छ ।

यस्तै सुन्दरबजार नगरका वडा नं ७ पाउँदी र वडा नं ९ फुलबारीमा सामुदायिक अस्पतालले हप्ताको १ दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष परमेश्वर अधिकारीले जानकारी दिनुभयो । अधिकारीकानुसार दोर्दी गाउँपालिकाको नौथर शेरामा टेलिमेडिसिनमार्फत प्रत्येक हप्ताको एक दिन निःशुल्क सेवा अस्पतालले दिँदै आएको छ ।
आकस्मिक तथा सुत्केरी, अस्पतालमै भर्ना हुनुपर्नेबाहेक बिरामीको लागि यो सेवाले सहज बनाएको अस्पतालले विश्वास लिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जेनजी आन्दोलनको राजनीतिक सहमति सबैले स्वीकार्नु पर्छः मन्त्री गौतम
२०८३ श्रावण २९, शुक्रबार
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६ पदमा जागिर खुल्यो, भदौ १२ सम्म आवेदन
२०८३ श्रावण २९, शुक्रबार
सरकारी कर्मचारीलाई वैदेशिक भ्रमणमा पूर्वस्वीकृति अनिवार्य
२०८३ श्रावण २९, शुक्रबार
दीर्घकालीन सहकार्यबारे युएनएफपिएसँग स्वास्थ्यमन्त्रीको छलफल
२०८३ श्रावण २९, शुक्रबार
काठमाडौं विश्वविद्यालयका उपकुलपतिमा विवेक बराल नियुक्त
२०८३ श्रावण २९, शुक्रबार
‘विगत बिर्सेर कांग्रेस एकताका लागि पहल गरौँ’ : डा. प्रकाशशरण महत
२०८३ श्रावण २९, शुक्रबार
मुग्लिन–मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम
२०८३ श्रावण २९, शुक्रबार