कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

नेपाल प्रहरीका चार एआईजीको सरुवा गर्ने सरकारको निर्णय

सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटाको कानुन मन्त्रालयको सचिवमा सरुवा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ- नेपाल प्रहरीका चार जना एआईजीको सरुवा भएको छ। आज (मंगलबार) बसेको मन्त्रिपरिषद्को बैठकले एआईजीहरू दीपक थापा, किरण बज्राचार्य, श्यामलाल ज्ञवाली र रामदत्त जोशीको सरुवा गरेको हो।

एक मन्त्रीका अनुसार थापा सीआईबी, बज्राचार्य उपत्यका प्रहरी कार्यालय, ज्ञवाली प्रदेश समन्वय विभाग र जोशीलाई कार्यविभागमा सरुवा गरिएको हो।

बैठकले न्याय सेवा आयोग कानुन समूहका दुई सहसचिवलाई सचिवमा बढुवा गरेको छ। आलोकचन्द्र श्रेष्ठलाई सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिव र परस्वर ढुंगाना नेपाल कानुन आयोगको सचिवमा पदस्थापन गराइएको छ।

यसअघि कानुन सचिव फणीन्द्र गौतम थिए। उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा गरिएको छ। यस्तै सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटाको कानुन मन्त्रालयको सचिवमा सरुवा भएको ती मन्त्रीले जानकारी दिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया