श्रावण १३, २०८३ बुधबार July 29, 2026

हसिनाकी छोरी भन्छिन्- दु:खद घडीमा आमालाई अंगालो हाल्न पनि सकिन

मैले माया गर्ने मेरो देशमा मानिसहरुले ज्यान गुमाउनु पर्दा म दुखी छु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरीले देशमा चर्को उथलपुथलका बीच पदबाट हटाइएपछि आफ्नी आमालाई भेट्न नपाएको पीडा व्यक्त गरेकी छिन् ।

हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा पोष्ट गर्दै यस दुःखद घडीमा आफ्नी आमालाई अँगालो हाल्न पनि नसकेको उल्लेख गरेकी हुन् । शेख हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै यसप्रति दुःख व्यक्त गरेकी छन् ।

साइमा वाजेदले लेखेकी छिन्- ‘मैले माया गर्ने मेरो देशमा मानिसहरुले ज्यान गुमाउनु पर्दा म दुखी छु । यो कठिन समयमा आमालाई भेट्न र अँगालो हाल्न नसक्दा म अत्यन्तै दुखी छु । म विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकको रूपमा मेरो जिम्मेवारीप्रति प्रतिबद्ध छु ।’

बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक प्रदर्शनका कारण शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेकी छन् र उनी अहिले भारतमा छिन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सरकारद्धारा ९ विधेयक संसद्मा पेश गर्ने निर्णय, सञ्चय कोष र राहदानी ऐन पनि संशोधन हुँदै
२०८३ श्रावण १३, बुधबार
राष्ट्रपति पौडेलसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेटवार्ता
२०८३ श्रावण १३, बुधबार
‘संस्कृत पढाऔँ, संस्कार बचाऔँ’ अभियान
२०८३ श्रावण १३, बुधबार
चिकित्सा शिक्षा आयोगद्वारा छ अर्ब ५५ करोडको वार्षिक बजेट स्वीकृत
२०८३ श्रावण १३, बुधबार
निर्वाचन प्रणाली कम खर्चिलो र पारदर्शिता बनाउन सुझाव
२०८३ श्रावण १३, बुधबार
उपराष्ट्रपति यादवद्वारा सद्भाव कायम गर्न अपिल
२०८३ श्रावण १३, बुधबार
शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः लामिछाने
२०८३ श्रावण १३, बुधबार