कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

प्रदेश प्रमुखद्वारा कर सङ्कलन सम्बन्धी अध्यादेश प्रमाणीकरण

अध्यादेश प्रमाणीकरण र राजपत्रमा प्रकाशित गरिएसंगै झन्डै तीन हप्तादेखि रोकिएको कर सङ्कलनको कार्य सुचारु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

धनगढी, साउन २४ गते। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले ‘प्रदेश सामूहिक कर सङ्कलन सम्बन्धी अध्यादेश २०८१’ लाई प्रमाणीकरण गर्नुभएको छ।

सरकारले बिहीबार मन्त्रिपरिषद् बैठकबाट पारित गरेर सो अध्यादेश प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो। प्रदेश प्रमुख मियाँले अध्यादेश प्रमाणीकरण गरिसकेको प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शैलेशराज ढुङ्गानाले जानकारी दिनुभयो। मन्त्रालयले राजपत्रमा प्रकाशित गरेपछि यो अध्यादेशलाई ऐन सरह कार्यान्वयन गर्न सकिने जनाइएको छ।

प्रदेश सरकारले राजस्व सङ्कलनका लागि यो अध्यादेश जारी गरेको हो। अध्यादेश प्रमाणीकरण र राजपत्रमा प्रकाशित गरिएसंगै झन्डै तीन हप्तादेखि रोकिएको कर सङ्कलनको कार्य सुचारु भएको छ।

दीर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले बजेट र यससँग सम्बन्धित विधेयक पारित गराउन नसकेपछि साउन १ गतेबाट राजस्व सङ्कलनको कार्य ठप्प भएको थियो। यसैगरी, खर्च पनि रोकिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया