श्रावण २, २०८२ शुक्रबार July 18, 2025

बिपी कोइराला अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

सेवाग्राहीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, साउन ३१ गते । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, चितवनमा कार्यरत लेखा अधिकृत अमृता कोइरालाविरुद्ध सेवाग्राहीसँग घुस लिएको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार कोइरालाले आर्थिक वर्ष २०८०/८१ मा औषधी आपूर्तिको बिल भुक्तानी दिए बापत एक लाख ५० हजार रुपियाँ नगद र चार लाख ५० हजार चेकसहितको घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिइएको छ ।

यसैगरी, २०७९ जेठ २८ गते ४४ हजार रुपियाँ र पुनः मिति २०७९ कात्तिक ६ गते ६० हजार रुपियाँ गरी एक लाख चार हजार रुपियाँ सापटी लिएको भएपनि दुई वर्षभन्दा बढी समय भइसक्दा पनि फिर्ता नगरेको देखिएको हुँदा निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचार मुद्दा दायर भएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार कोइरालाविरुद्ध सो एन बमोजिम कैद गरी बिगो जफत हुन मागदाबी लिई बिहीबार विशेष अदालत,  काठमाडौँमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया