श्रावण २, २०८२ शुक्रबार July 18, 2025

चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

प्रदेशबाट प्राप्त पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणपत्र जिल्ला तथा पालिकालाई प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, ३२ श्रावण । चितवनलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। आज यहाँ आयोजित कार्यक्रममा जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।

कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख नारायणप्रसाद अधिकारीले राज्यका लागि बलियो मानवपुँजी निर्माण गर्न खोप प्रभावकारी रहेको भन्दै यसको दिगोपनका लागि अझै मेहिनत गर्नुपर्ने बताए। उनले खोप कार्यक्रम सफल बनाउन भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविकालगायत सरोकार भएकालाई सबैलाई धन्यवाद ज्ञापन गरे।

माडी नगरपालिका प्रमुख ताराकाजी महतोले पूर्ण खोप सुनिश्चिततासँगै जिम्मेवारी थपिएको बताए। उनले खेती किसानी र ज्याला मजदुरी गर्न आउने अस्थायी बसोबासीका बालबालिका छुट्ने गरेका र माडीका विकट ठाउँमा पूर्ण खोप लगाउन चुनौती रहेको बताए।

खैरहनी नगरपालिका उपप्रमुख कविता उप्रेतीले अस्थायी बसोबासी खोपबाट छुट्ने गरेकातर्फ आफ्नो नगरपालिकाले ध्यान दिइरहेको बताइन्। उनले नगरपालिकाले लागू गरेको बाआमा स्वास्थ्य कार्यक्रमअन्तर्गत तीन–तीन महिनामा स्थानीयका घरघरमा पुग्नेबेला कोही छुटको देखिए खोप लगाउने व्यवस्था मिलाउने गरिएको जानकारी दिइन्।

ईच्छाकामना गाउँपालिका उपाध्यक्ष माया सिलवालले जिल्ल्लालाई खोप सुश्चितता घोषणा गरिएका पनि अब यसलाई निरन्तरता र दिगोपनामा सबैले सहयोग गर्नुपर्ने आवश्यकता औँल्याइन्।

कालिका नगरपालिका सामाजिक विकास समितिका संयोजक मकरमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, जनस्वास्थ्य कार्यालय प्रमुख दिनेश रूपाखेतीले खोप बालबालिकाको नैसर्गिक अधिकार भएकाले यसको सुनिश्चिताका लागि समन्वयात्मक ढंगले अगाडि बढ्नुपर्ने बताए।

त्यस अवसरमा प्रदेशबाट प्राप्त पूर्ण खोप सुनिश्चितता तथा दिगोपना प्रमाणपत्र जिल्ला तथा पालिकालाई प्रदान गरिएको थियो । सहभागीले दिगोपनाका लागि प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेका थिए।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार