श्रावण २, २०८२ शुक्रबार July 18, 2025

मापदण्ड विपरित मेडिकल कलेज सञ्चालन गर्न दिने सर्वोच्चको फैशला उल्ट्याउन डा.केसीको माग

सबै नेपालीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर्न सरकारसँग राखे ६ बुँदे माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः डा.गोविन्द केसीले पुन अनसन बस्ने चेतावनी दिएका छन् । शुक्रबार उनले विभिन्न ६ माग राख्दै आमरण अनसन बस्ने चेतावनी दिएका हुन् ।

उनले एक विज्ञप्ति जारी गर्दै हालै सर्वोच्च अदालतको संयुक्त इजलासबाट चिकित्सा शिक्षा ऐन र नियमावलीका कतिपय व्यवस्थाहरूलाई निष्प्रयोजित गर्ने गरी र संवैधानिक इजलासको क्षेत्राधिकार मिचेर गरिएको फैसलाले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘सर्वोच्चको सो फैसलाले मेडिकल कलेज सञ्चालन गर्न मापदण्ड र प्रक्रिया नपुगेका दर्जनौँ अस्पतालहरूलाई ऐन विपरीत कलेज सञ्चालन गर्न प्रोत्साहन मिल्नेछ । फलस्वरूप मेडिकल शिक्षा तथा स्वास्थ्य सेवाको गुणस्तरमा ठुलो रास आई आम नेपालीको स्वास्थ्यमा प्रतिकुल असर पर्ने निश्चित छ भने ती सेवाहरू महँगो, सहर केन्द्रित भई ग्रामीण भेगका लगायत सबै निम्न मध्यम वर्ग र विपन्न वर्गका नागरिक र योग्य विद्यार्थीहरूको पहुँचबाट बाहिर हुनेछ । तसर्थ सो फैसलाको गम्भीर पुनरावलोकनको माग गरिन्छ’ विज्ञप्तिमा भनिएको छ ।

यस्ता छन् मागहरू :

१. हालै चिकित्सा शिक्षा ऐन र नियमावलीका कतिपय व्यवस्थाहरूलाई निष्प्रयोजित हुने गरी र संवैधानिक इजलासको क्षेत्राधिकार मिचेर सर्वोच्च अदालतको संयुक्त इजलासले गरेको फैसलालाई पुनरावलोकन गर्न माग गरिन्छ।

२. निर्मला कुर्मीको हत्याका मुख्य आरोपी बादशाह कुर्मीलाई प्रदेश मन्त्री पदबाट तुरुन्त हटाएर उनीमाथि चलिरहेको छानबिन तथा अनुसन्धानलाई निष्पक्ष र तीव्र बनाउन सरकार तथा नेपाली कांग्रेसको ध्यानाकर्षण गराइन्छ ।

३. नक्कली प्रमाणपत्र सम्बन्धी अपराधमा मेडिकल कलेज व्यवसायी तथा सांसद सुनिल शर्मालाई तुरुन्त मुद्दा चलाई आवश्यक कारबाही अगाडि बढाउन जोडदार माग गरिन्छ ।

४. सशस्त्र द्वन्दकालमा भएका मानवताविरोधी जघन्य अपराध र युद्ध अपराधका सबै दोषीहरूलाई दण्डित र पीडितहरूको लागि पूर्ण न्याय र क्षतिपूर्ति सुनिश्चित गरियोस् । तथाकथित राजनीतिक सहमतिमा कुनै दोषीले उन्मुक्ति पाउनु हुन्न।

५. सबै नेपालीलाई निःशुल्क औषधि उपचारको व्यवस्था गर।

६. चिकित्सा शिक्षामा उल्लिखित र विगतमा हामीसँग शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधारका लागि भएका सम्झौताहरूको शीघ्र कार्यान्वयन गर।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार