श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कोरियामा एक हप्तामा कोभिड–१९ सङ्क्रमणमा दोब्बर वृद्धि

कोभिड–१९ बिरामीहरूको सङ्ख्या अगस्टको दोस्रो हप्तामा एक हजार ३५९ पुगे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सियोल, भदौ ३ गते । दक्षिण कोरियाको रोग नियन्त्रण विभागले आइतबार गर्मीको मौसममा फोहोर पानीमा कोभिड–१९ विषाणुको स्तर एक हप्तामा लगभग दोब्बर वृद्धि भएसँगै भाइरस सङ्क्रमितको सङ्ख्या बढेको बताएको छ ।

कोरिया रोग नियन्त्रण तथा रोकथाम विभाग (केडिसिए) द्वारा अगस्टको दोस्रो हप्तामा सञ्चालित कोरिया फोहोर पानी निगरानी कार्यक्रमका अनुसार स्थानीय ढल प्रशोधन प्लान्टमा कोभिड भाइरसको औसत एकाग्रता प्रति मिलिलिटर पानीमा ४७ हजार ६४० पुगेको योन्हप समाचार समितिले जनाएको छ ।

यो सङ्ख्या अघिल्लो हप्ता रेकर्ड गरिएको २४ हजार ६०२ प्रति मिलिलिटरबाट लगभग दोब्बर वृद्धि हो ।

समुदायभित्र कोभिड–१९ सङ्क्रमणको सङ्ख्या मूल्याङ्कन गर्न गत वर्षको अप्रिलदेखि केडिसिएले यो प्रविधी प्रयोग गर्दै आएको हो । यो प्रविधिलाई ‘वेस्ट वाटर बेस्ड ऐपिडेमीयोलोजी’ भनिन्छ ।

यो तथ्याङ्क देशभरका ८४  वटा फोहोर पानी प्रशोधन गर्ने उद्योगबाट सङ्कलन गरिएको नमुनामा आधारित छ ।

“यो परिक्षणको उद्देश्य फोहोर पानीमा कोभिड–१९ विषाणुहरु अध्ययन गरेर त्यस समुदायमा सो विषाणुले सार्ने रोग कति फैलिएको छ भनेर आङ्कलन गर्नु हो जुन हाल बढ्दै गएको छ”, केडिसिएका एक अधिकारीले भन्नुभयो ।

यसैबिच, दक्षिण  कोरियामा भर्खरै अस्पतालमा भर्ना भएका कोभिड–१९ बिरामीहरूको सङ्ख्या अगस्टको दोस्रो हप्तामा एक हजार ३५९ पुगेको छ जुन एकहप्ता अघि ८ सय ७८  थियो । रासस/एएनआई

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार