श्रावण २, २०८२ शुक्रबार July 18, 2025

जुम्लामा कैदीबन्दीलाई निःशुल्क स्वास्थ्य परीक्षण

डा शुभाङ्क प्याकुरेल नेतृत्वको समूहद्धारा निःशुल्क स्वास्थ्य सेवा प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला, ३ भदौ : जुम्ला कारागारामा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य शिविर सञ्चालन गरी यहाँका कैदीबन्दीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्साबाट स्वास्थ्य जाँच गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीले बताउनुभयो । कारागारमा हाल विभिन्न प्रकृतिका एक सय २० जना कैदीबन्दी छन् ।

कैदीलाई स्वास्थ्य जाँच गराउन एकैपटक अस्पताल लैजना नसकिने भएकाले कारागारमा सम्बन्धित विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य जाँच गरिएको कामतीले बताउनुभयो । कैदीबन्दीहरूको स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्ने र आधारभूत सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिविरमा प्रतिष्ठानका डा शुभाङ्क प्याकुरेल नेतृत्वको समूहले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपाले आज अख्तियारमा ज्ञापन पत्र बुझाउँदै
२०८२ श्रावण २, शुक्रबार
एमाले पोलिटब्युरो बैठकमा बिधा भण्डारीको राजनीतिक सक्रियताका बारेमा छलफल हुने
२०८२ श्रावण २, शुक्रबार
श्रमिकको सम्मान बिना समृद्धि पनि असम्भव : प्रधानमन्त्री ओली
२०८२ श्रावण २, शुक्रबार
एमाले सचिवालय बैठक : ७० वर्ष उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने
२०८२ श्रावण २, शुक्रबार
शैक्षिक सत्र २०८२/८३ का लागि कक्षा ११ छात्रवृत्तिमा १६ हजार १३७ विद्यार्थी सहभागी हुने
२०८२ श्रावण २, शुक्रबार
पूर्वराष्ट्रपति भण्डारीलाई पार्टीमा सम्मानजनक ढंगले व्यवस्थापन गर्छौं : योगेश भट्टराई
२०८२ श्रावण २, शुक्रबार
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
२०८२ श्रावण २, शुक्रबार