श्रावण २७, २०८३ बुधबार August 12, 2026

जुम्लामा कैदीबन्दीलाई निःशुल्क स्वास्थ्य परीक्षण

डा शुभाङ्क प्याकुरेल नेतृत्वको समूहद्धारा निःशुल्क स्वास्थ्य सेवा प्रदान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

जुम्ला, ३ भदौ : जुम्ला कारागारामा रहेका कैदीबन्दीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । स्वास्थ्य शिविर सञ्चालन गरी यहाँका कैदीबन्दीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्साबाट स्वास्थ्य जाँच गरिएको हो ।

जिल्ला प्रहरी कार्यालयको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा कारागारमा रहेका कैदीबन्दीलाई लक्षित गरी निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतीले बताउनुभयो । कारागारमा हाल विभिन्न प्रकृतिका एक सय २० जना कैदीबन्दी छन् ।

कैदीलाई स्वास्थ्य जाँच गराउन एकैपटक अस्पताल लैजना नसकिने भएकाले कारागारमा सम्बन्धित विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य जाँच गरिएको कामतीले बताउनुभयो । कैदीबन्दीहरूको स्वास्थ्य सेवाको पहुँचमा वृद्धि गर्ने र आधारभूत सेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शिविरमा प्रतिष्ठानका डा शुभाङ्क प्याकुरेल नेतृत्वको समूहले निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनियाँ बैज्ञानिकले बनाए कहिल्यै नफुट्ने हीरा
२०८३ श्रावण २७, बुधबार
ग्यासको अनलाइन ट्र्याकिङ प्रणालीको निर्माण गर्न थालेका छौँ : मन्त्री गौरीकुमारी
२०८३ श्रावण २७, बुधबार
लिबियामा द्वन्द्व अन्त्य गरी, हिंसाका लागि जवाफदेही हुन राष्ट्रसङ्घको आह्वान
२०८३ श्रावण २७, बुधबार
परिपक्व कूटनीतितर्फ प्रधानमन्त्री शाहः भारत र चीनसँग व्यावहारिक संवाद
२०८३ श्रावण २७, बुधबार
धनुषा प्रहरीद्वारा ८१ लाख बढीको अवैध सामान बरामद
२०८३ श्रावण २७, बुधबार
बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा
२०८३ श्रावण २७, बुधबार
कृषि, वन तथा वातावरण क्षेत्रमा रोजगारीका अवसर सिर्जना गरिनेछ: मन्त्री चौधरी
२०८३ श्रावण २७, बुधबार