काठमाण्डाैंः कोरोना संक्रमणका कारण गोरखामा एक जनाको मृत्यु भएको छ ।
पालुङटार नगरपालिका-७ पुर्नेपिपलबाट शुक्रबार गोरखा अस्पतालको आइसोलेशनमा भर्ना हुन आएका संक्रमितको शनिबार बिहान साँढे पाँच बजे मृत्यु भएको गोरखा अस्पतालले पुष्टी गरेको छ।
मधुमेह रोगका दीर्घरोगी रहेको उनी कतारबाट गत मंगलबार पालुङ्टार आइपुगेका ४४ बषिय व्यक्ति रहेको अस्पताले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।
उनलाई जीवनज्योति माविको क्वारेण्टाइनबाट ल्याई शुक्रबार राति १० बजे गोरखा अस्पतालको आइसोलेशनमा भर्ना गरिएको थियो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ३३ पुगेको छ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया