असार २४, २०८२ मंगलबार July 8, 2025

नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुग्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप दुईजना पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि गरेको हो । शनिवार कोरोना संक्रमणबाट मृत्यु पुष्टि भएकामा गोरखा र रुपन्देहीका पुरुष हुन् ।

उनीहरुमध्ये एकजना निमोनिया भई अस्पताल भर्ना भएका र अर्का क्षयरोग संक्रमित भई उपचाररत थिए । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ । मृत्यु हुनेहरुमा  २७ जना पुरुष, ६ महिला र एक शिशु रहेका छन् ।

गोरखा पालुङटार ४४ वर्षका पुरुष १९ असारमा निमोनिया भई गोरखा अस्पताल भर्ना भएकोमा २० असारमा मृत्यु भएको । १९ असारमा कोरोना पुष्टि भएको । १७ असारमा कतारबाट नेपाल फर्किएर पालुङटार क्वारेन्टाइनमा राखिएको थियो ।

यसैगरी रुपन्देही देवदहका ७५ वर्षीय पुरुष । १४ असारमा त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका । क्षयरोगको उपचाररत १७ असारमा मृत्यु भएकोमा  १८ असारमा कोरोना पुष्टि भएको ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया