काठमाण्डाैंः राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
राष्ट्रपति भेट्न प्रधानमन्त्री ओली साँझ सवा पाँच बजे शीतल निवास पुगेका छन् । नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक विवादको छलफलमा व्यस्त भएका बेला शीतल निवासमा राष्ट्रपतिसँग परामर्श गर्न पुगेका हुन् ।
पार्टी भित्रको आन्तरिक तनाव र पछिल्लो घटनाक्रमको विषयमा प्रधानमन्त्रीले पछिल्ला दिनमा राष्ट्रपति विद्यादेवी भण्डारीसँगको छलफललाई निरन्तरता दिदैं आएका छन्।
पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित सचिवालयका बहुमत सदस्यको छलफल खुमलटारमा चल्दै गर्दा प्रधानमन्त्रीले बालुवाटार र शीतल निवासको भेटवार्तालाई निरन्तरता दिएका हुन् ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया