कार्तिक १३, २०८३ शुक्रबार October 30, 2026

ढलबाट मानिसमा कोरोना संक्रमण भएको घटना छैनः स्वास्थ्य मन्त्रालय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँको ढलमा कोरोनाभाइरस देखिएको भनिएको प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

आइतबार मन्त्रालयमा आयोजित नियमित कोभिड १९ प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंको ढलमा कोरोनाभाइरस देखिएको भनिएकोप्रति मन्त्रालयको ध्यानाकर्षण भएको जानकारी दिएका हुन् ।

हालसम्म ढलबाट मानिसमा कोरोना संक्रमण नभएकाले डराइ हाल्नु पर्ने अवस्था नरहेको उनले जानकारी दिए । पानी तथा ढलमा दुई दिनसम्म कोरोना जीवित रहने भन्दै उनले हालसम्म ढलबाट मानिसमा कोरोना संक्रमण भएको घटना नरहेको बताए ।

ढलमा कोरोनाभाइरस देखिएको आधिकारिताबारे मन्त्रालयले अनुसन्धान गर्ने उनको भनाइ छ । तर, ढलसँग सम्बन्धित् काम गर्ने व्यक्तिहरुले सावधानी अपनाउनु पर्ने भन्दै उनले सचेत हुन सबैमा अनुरोध पनि गरेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
जनदबाबपछि रिहाइ होइन, गैरकानुनी पक्राउ नै बन्द गर : सभापति थापा
२०८३ कार्तिक १३, शुक्रबार
संसदीय छलफलबाट कानुन ल्याउँदा उपयुक्त हुन्छ : सभामुख अर्याल
२०८३ कार्तिक १३, शुक्रबार
दुग्ध विकास संस्थानमा १२ करोड १३ लाखको अनियमितता, आठ जना पक्राउ
२०८३ कार्तिक १३, शुक्रबार
कोरला क्षेत्रमा पाँच सय कन्टेनर थन्किए
२०८३ कार्तिक १३, शुक्रबार
‘विश्वविद्यालयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्न कुनै समस्या छैन’
२०८३ कार्तिक १३, शुक्रबार
हर्मुजमा बारुदी सुरुङ विस्फोट, चार ट्याङ्करमा आगलागी
२०८३ कार्तिक १३, शुक्रबार
सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध छ : सञ्चारमन्त्री तिमिल्सिना
२०८३ कार्तिक १३, शुक्रबार