कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

डढेलो नियन्त्रणका लागि दक्ष जनशक्तिको कमी छः मन्त्री ठकुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, ११ भदौ । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलोको प्रभावकारी नियन्त्रणका लागि दक्ष जनशक्ति र आगो निभाउन अति आवश्यक अवस्थामा हेलिकप्टर र रसायनको कमी रहेको बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा सांसदको मौखिक प्रश्नहरुको जवाफ दिँदै उनले डढेलो नियन्त्रण गर्न उद्धारका लागि हेलिकप्टर अत्यावश्यक र प्रभावकारी हुने भएपनि सीमित स्रोत तथा साधन र बजेट पर्याप्त नभएको जानकारी गराए ।

मन्त्री ठकुरीले डढेलो नियन्त्रणका लागि पूर्वतयारी सम्बन्धमा सचेतना सप्ताह सञ्चालन गर्दै आइएको, हरेक जिल्लामा तालिम प्राप्त जनशक्तिको व्यवस्था गरिएको, अग्निपथ एवं अग्निरेखा निर्माण गरेको र सम्पूर्ण सरोकारवालालाई तालिम तथा गोष्ठी सञ्चालन गर्दै आएको जानकारी गराए ।

उनले डढेलो लाग्ने मौसममा हरेक जिल्लामा ‘डढेलो नियन्त्रण दस्ता’ भर्ना, तालिमको व्यवस्था, साधनहरु उपलब्ध गराई काममा लगाउने गरिएको जानकारी गराए ।

उनले सबै स्थानीय तहमा यस वर्षभरी वृक्षारोपण अभियान कार्यक्रम सञ्चालन गरिने र एक करोड बिरुवा रोप्ने लक्ष्य लिएको उल्लेख गरे । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया