काठमाडौंः राष्ट्रपति विद्यादेवी भण्डारीसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का नवनियुक्त महासचिव एसाला रुवान वीराकूनलेले राष्ट्रपतिभवन, शीतलनिवासमा आज शिष्टाचार भेट गर्नुभएको छ ।
उक्त अवसरमा यस क्षेत्रको साझा संस्था सार्कको थप प्रभावकारी भूमिका र संगठनको महत्वका बारेमा राष्ट्रपतिले जोड दिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्तिमार्फत जानकारी दिनुभयो ।- रासस
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया