असार २३, २०८२ सोमबार July 7, 2025

नेपालमा थप २ सय ५५ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएः २ सय ५३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा बुधबार थप २ सय ५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमका अनुसार नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

त्यसैगरी आजै थप २५३ जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्। योसंगै कोरोना भाइरस निको भएर घर फर्किनेको संख्या ७ हजार ७५२ पुगेको छ।

त्यस्तै नेपालमा कोरोना भाइरसको कारण हालसम्म मृत्यु हुनेको संख्या ३५ पुगेको छ। संक्रमितहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरू स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ।

पछिल्लो समय नेपालमा दैनिक कोरोना भाइरस संक्रमणको संख्या वृद्धि भइरहेको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया