असार २८, २०८२ शनिबार July 12, 2025

राजमार्गमा कष्टकर यात्राका बीच १८ लाख मानिसले राजधानी छाड्ने अनुमान

पानी नपरे दशैँसम्म सबै सडक खुलाइसक्ने सरकारी दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । गत शनिबार काठमाडौं उपत्यकामा अविरल वर्षा भइरहँदा गोंगबुस्थित नयाँ बसपार्कमा अग्रिम टिकट काट्नेको भिड थियो । यता, बाढीले उपत्यका तहसनहस बनायो, उता बसपार्कको भिड आइतबार पनि लगभग उस्तै थियो ।

वर्षा सँगैको बाढीपहिरोले उपत्यकासहित देशका विभिन्न ठाउँमा भयानक विपत्ति निम्त्यायो । अर्बौंको भौतिक क्षति मात्रै होइन, करिब साढे दुई सय (बेपत्तासहित) नागरिकको हताहती भयो । तर, पनि विभिन्न सिलसिलामा काठमाडौं उपत्यकामा रहेकाहरूको बडादशैँमा घर जाने चाहना रोकिएको छैन । बाढीपहिरोले काठमाडौं र मोफसलको लाइफलाइन काटिएको छ । बाटोमा कहाँ कतिखेर के हुन्छ ? कसैलाई अत्तोपत्तो छैन । गन्तव्यमा पुग्ने/नपुग्ने केही टुंगो छैन । तर, पनि मानिसहरू नयाँ बसपार्कसहित काठमाडौंका विभिन्न ठाउँबाट बस चढेर बाहिरन छोडेका छैनन् । यात्रा कष्टकर हुने निश्चित हुँदाहुँदै पनि यात्रुहरू हिँडिरहेका छन् । यो रहर मात्रै नभई उनीहरूको बाध्यता पनि हो । अझै बाहिरिन तयार रहेकाहरूको संख्या धेरै नै छ ।

दशैँमा आफन्तसँगै रमाइलो गरी पर्व मनाउन कसलाई रहर हुँदैन र ? तर, अवस्था निकै प्रतिकूल छ । घर जान पोकोपुन्तुरा बोकेर हिँडेका यात्रु ठाउँ ठाउँमा बाटोमै अलपत्र परेका छन् । कतिबेला घर पुग्ने हो ठेगान छैन ।

असोज ११ गतेदेखि नै काठमाडौंको नागढुंगा हुँदै जाने सवारीसाधन १५ गतेसम्म गन्तव्यमा पुगेका छैनन् । बाटोमै रोकिएका सवारीसाधन र तिनका यात्रुको कन्तबिजोग छ । तीन/चार दिनसम्म बाटोमै रोकिनु परेपछि धेरैले खाना र पानीसमेत पाएका छैनन् । अझै केही वृद्धवृद्धा र बालबालिकाको अवस्था झन् विकराल छ । सवारी साधनहरू कलंकीबाटै कछुवा गतिमा गुडिरहेका छन् ।

मुग्लिनतिरबाट आउने सवारी साधनको अवस्था पनि उस्तै छ । बीचबीचमा पुनः पहिरो खस्ने र ठाउँ ठाउँमा रोकिने क्रम जारी नै छ । अब यात्रुहरूले यो दशैँमा घर पुग्न ठूलै युद्ध जितेझैँ हुने अवस्था छ । सोमबार दिउँसोदेखि मंगलबार साँझसम्म नागढुंगा नाका हुँदै उपत्यका छाड्ने यात्रु बोकेका सवारी साधनहरू कलंकीसम्म लामबद्ध थिए । ठाउँठाउँमा पुनः पहिरो गइरहेको र मर्मत गर्न सडक बन्द गरिएकाले उनीहरूले कतिसम्म बाटोमा कुर्नुपर्ने हो भन्ने टुंगो छैन ।

सरकारले भने सडक खुलाउने प्रयास भइरहेको जनाएको छ । पानी नपरे दशैँसम्म सबै सडक खुलाइसक्ने सरकारी दाबी छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी पानी पर्दै नपरेको खण्डमा दशैँ आसपाससम्म यातायात पूर्णरूपमा सहज पार्ने प्रयास जारी रहेको बताउनुहुन्छ । अहिले भने बाटोमा रोकिएका यातायातलाई गन्तव्यमा पुर्‍याउने र यातायात सहज आवागमन पार्ने भन्नेमै सरकारको ध्यान रहेको उहाँले बताउनुभयो । चाडपर्वमा १८ लाख मानिसले राजधानी छाड्ने अनुमान यसअघि नै गरिएको थियो ।हिमालय टाइम्सबाट

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार