कार्तिक २९, २०८३ आइतबार November 15, 2026

वीरगञ्जको गहवामाईमा दशनार्थीको घुइँचो

यसपाली करिब ६ हजारको सङ्ख्यामा बलि चढ्ने अनुमान

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

वीरगञ्ज (पर्सा), १७ असोजः नवरात्रको पहिलो दिन घटस्थापना वीरगञ्जको प्रख्यात मन्दिर गहवामाई भगवतीको मन्दिरसहितका धार्मिकस्थलमा परम्परा अनुसार मनाइएको छ । नवरात्रको पहिलो दिन आज वीरगञ्जको गहवामाई भगवतीको मन्दिरमा बिहानदेखि नै दर्शन गर्ने श्रद्धालु भक्तजनको घुइँचो लागेको छ ।

मन्दिरका मूल पुरोहित राधेश्यामप्रसाद उपाध्यायले गहवामाई भगवतीको दर्शन गर्नाले परिवारमा सुख र समृद्धि प्राप्त गर्ने भएकाले पनि भक्तजन दर्शन गर्न आउने बताउनुहुन्छ ।

‘‘गहवामाई भगवतीको मन्दिरमा आज बिहानैदेखि श्रद्धालु भक्तजनको पूजापाठ गर्दै आइरहनुभएको छ,’’ उहाँले भन्नुभयो, ‘‘घटस्थापनाको मुख्य पूजा भने बिहान ९ बजेर १६ मिनेटमा गरियो ।’’ मन्दिर व्यवस्थापनको काम गर्दै आएको माईस्थान सञ्चालन समितिका निवर्तमान अध्यक्ष दिनानाथ गुप्ताले वीरगञ्जको गहवामाई मन्दिरमा नवरात्रको अवसरमा लाखौँ भक्तजनले दर्शन गर्ने बताउनुभयो । ‘‘गहवामाई मन्दिर वीरगञ्ज क्षेत्रको मात्रै आस्थाको धरोहर नभइ छिमेकीमूलुक भारतको विहारलगायतका राज्यका दशनार्थीको आस्थाको केन्द्रविन्दुको रुपमा परिचित छ,’’ उहाँले भन्नुभयो,‘‘विशेष गरेर यो मन्दिरमा भाकल तथा पूजापाठ गरेर मनोकांक्षा पूरा हुने जनविश्वास छ । जसको कारणले भक्तजनको घुइँचो लाग्नेगर्छ ।’’

गहवामाई भगवतीको मन्दिरमा अष्टमीको दिन बलि पनि चढाउने गरिन्छ । यहाँ करिब ६ हजारको सङ्ख्यामा बलि चढ्ने अनुमान गरिएको छ । माइस्थान सञ्चालन समितिका निवर्तमान अध्यक्ष गुप्ताले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जारी गरेको शुभसाइत अनुसार नै घटस्थापनाको पूजापाठ गरिएको जानकारी दिनुभयो ।

‘‘नवरात्रको अवसरमा त गहवामाई मन्दिरमा आउने दर्शनार्थीको घुइँचो नै लाग्ने गर्छ,’’ उहाँले भन्नुभयो ,‘‘नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय स्वयसेवक खटाएर सहज ढङ्गले दर्शन गर्ने व्यवस्था मिलाएका छाँंै ।’’नवरात्रको अवसरमा वीरगञ्जको चोक– तथा गल्लीहरुमा पनि दुर्गा भगवतीको मूर्ति तथा स्वरुप राखेर पूजापाठ गर्ने गरिन्छ । घण्टाघरचोक, रानीघाट, छपकैया, नगवा लगायतका स्थानको खुल्ला स्थानमा नवदुर्गाका मूर्ति तथा प्रतिमा राखेर पूर्जाअर्चना गर्ने गरिन्छ । घण्टाघर नवदुर्गा पूजा सेवा समितिका पूरोहित दिनबन्धु शुक्लाले टोल–टोलमा नवदुर्गाको मूर्ति राखेर पूजापाठ गर्दै आइरहेको बताउनुभयो ।

‘‘नवरात्रको अवसरमा बिहीबार नवदुर्गाको कलशयात्रा पनि गर्न लागेका छौँ,’’ उहाँले भन्नुभयो । घण्टाघरबाट घडासहितको कलशयात्रा सुरु भएर घडीअर्वा पोखरी परिक्रममा गरेर घण्टाघरचोक नजिकै रहेको दुर्गा माताको मूर्ति राखेको ठाउँमा आएर पूजाअर्चना गरिनेछ । वीरगञ्जको घण्टाघरचोकदेखि माईस्थानचोकसम्म सडकमा नै जलेवी बनाएर बिक्री वितरण गरिरहेका दृश्य पनि देखिन्छन् । त्यति मात्रै होइन, यी सडक खण्डमा नवदुर्गाका पूजा सामग्री र प्रसाद बिक्री गर्नेको पनि भीड लागेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
२०८३ कार्तिक २९, आइतबार