कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

कांग्रेस र एमालेसहित विभिन्न संस्थाले आज प्रधानमन्त्री राहत कोषमा रकम हस्तान्तरण गर्दै

नेकपा माओबादी केन्द्रले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौ । अबिरल वर्षा, बाढी र पहिरोमा परी पीडित भएकाहरुको उद्धार तथा राहतका लागि आज प्रमुख राजनीतिक दलहरुले प्रधानमन्त्री दैबी प्रकोप राहत कोषमा रकम हस्तान्तरण गर्दैछन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमालेले आज छुट्टाछुट्टै समयमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई रकम हस्तान्तरण गर्दैछन् । ती दुईवटै दलले ५० लाख रुपैयाका दरले कोषमा जम्मा गर्ने निर्णय गरिसकेका छन् ।

यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देबेन्द्र दाहालको नेतृत्वमा निर्माण व्यबसायी परिषदले पनि कोषमा रकम हस्तान्तरण गर्दैछ । नेपाल बैक लिमिटेडले पनि आजै प्रधानमन्त्री ओलीलाई राहत रकम हस्तान्तरण गर्दैछ । नेकपा माओबादी केन्द्रले आज प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाउदै छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया