श्रावण ५, २०८२ सोमबार July 21, 2025

तामाङ घेदुङ पोर्चुगलको अध्यक्षमा इमानसिङ चयन

सङ्घको महासचिवमा राजुलामा मोक्तान सर्वसम्मत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

लिस्बन, (पोर्चुगल)। युरोपेली मुलुक पोर्चुगलमा रहेका तामाङहरुको प्रथम भेला राजधानी लिस्बनमा सम्पन्न भएको छ ।

शनिबार सम्पन्न भेलाले नेपाल राष्ट्रिय तामाङ घेदुङ (सङ्घ) पोर्चुगल गठन गरेको छ । भेलाले इमानसिङ तामाङको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा प्रेम गोम्जा, उपाध्यक्षहरुमा सोनाम लामा, सविना मनाङथेन, फुर्वासिङ दोङ लामा, युवराज लामा, पासाङ लामा र महिला उपाध्यक्षमा निशा तामाङ चयन हुनुभएको छ ।

सङ्घको महासचिव राजुलामा मोक्तान सर्वसम्मत चयन हुनुभएको छ भने सचिवमा निर्मला तामाङ बज्यु र सहसचिवमा पुनम तामाङ चयन हुनुभएको नेपाल राष्ट्रिय तामाङ घेदुङ सङ्घका केन्द्रीय सदस्य सागर योञ्जन तामाङले जानकारी दिनुभयो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया