कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

राष्ट्रपतिद्वारा सर्वसाधारणलाई टीका लगाइदिने समय सार्वजनिक

शनिबार अपरान्ह ३ बजेदेखि ३:३० सम्म विशिष्ट व्यक्ति र ३:३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, असोज २२ गते। राष्ट्रपति रामचन्द्र पौडेलले असोज २६ गते शनिबार अपरान्ह तीन बजेदेखि टीका तथा प्रसाद प्रदान गर्नुहुने भएको छ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता वसन्त प्रसाद पन्थीले मंगलबार साँझ प्रेस नोट जारी गर्नुहुँदै राष्ट्रपति पौडेलले शनिबार अपरान्ह ३ बजेदेखि ३:३० सम्म विशिष्ट व्यक्ति र ३:३० बजेदेखि ५ बजेसम्म सर्वसाधारणलाई टीका लगाइदिने जानकारी गराउनुभएको हो।

दिउँसो ३ बजेर ३० मिनेटपछि आधा घण्टा इच्छुक मन्त्री, सांसद, न्यायाधीश, संवैधानिक निकायका पदाधिकारी एवम् विशिष्ट व्यक्तित्व, निजामति, जङ्गी, प्रहरी तर्फका अधिकृत स्तरसम्मका राष्ट्र सेवकलाई टीका तथा प्रसाद प्रदान गर्नुहुने विज्ञप्तिमा उल्लेख छ।

प्रवक्ता पन्तीका अनुसार राष्ट्रपति पौडेलले सर्वसाधारणलाई अपरान्ह ३ बजेर ३० मिनेटदेखि ५ बजेसम्म टीका तथा प्रसाद प्रदान गर्नुहुनेछ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया