कार्तिक २९, २०८३ आइतबार November 15, 2026

गोरखा कालिका मन्दिरको दश घरबाट काठमाडौँ फूलपाती पठाइयो

गोरखा दरबार पुगेको फूलपाती काठमाडौँ हनुमान ढोका भित्राउने प्रचलन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गोरखाबाट काठमाडौँ फूलपाती पठाइएको छ । बिहीबार बिहान गोरखा कालिका मन्दिरको दश घरबाट काठमाडौँ स्थित हनुमान ढोका भित्राउन फूलपाती पठाइएको हो । वा २ झ २११८ नम्बर को सरकारी सवारी मार्फत फूलपाती काठमाडौँ पठाइएको छ ।

गोरखा दरबार पुगेको फूलपाती काठमाडौँ हनुमान ढोका भित्राउने प्रचलन छ । गोरखा नगरपालिका क्षेत्रको अमराई, रिप लगायतको क्षेत्रबाट सङ्कलन गरेको फूलपाती विधिवत् रूपमा काठमाडौँ पठाइएको गोरखा दरवारका मुल पुजारी शारदा प्रसाद भट्टराईले बताउनुभयो ।

गोरखा दरबारका सुसारेहरुले सङ्कलन गरेको फूलपाती केही हनुमान ढोका पठाउने र केही गोरखा दरबारमा भित्राउने प्रचलन रहेको छ ।

पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका विजयी गरेसँगै गोरखाको फूलपाती काठमाडौँ हनुमान ढोकामा भित्राउने प्रचलनको सुरुवात भएको थियो ।

सडक मार्ग नखुल्दा गोरखाबाट पैदल मार्ग हुँदै फूलपाती काठमाडौँ पठाइन्थ्यो । सडक सञ्जाल विस्तार भएसँगै सवारी मार्फत फुलापाती काठमाडौँ पठाउने प्रचलन छ ।

गोरखाबाट फूलपाती हनुमान ढोका पुगेपछि वढ्याइ चल्ने प्रचलन छ । बिहीबार बाजागाजा सहितको काठमाडौँ फूलपाती पठाइएको छ ।

कार्यक्रममा गोरखा नगरपालिकाका प्रमुख कृष्ण राना मगर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतका सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
२०८३ कार्तिक २९, आइतबार