कार्तिक २, २०८३ सोमबार October 19, 2026

काभा पुरुष यू–२० भलिबल : नेपाल फाइनलमा प्रवेश

शनिबार नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष यू–२० च्याम्पियनशिपअन्तर्गत लिग चरणको अन्तिम खेलमा नेपालले तुर्कमिनेस्तानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

श्रीलङ्काको कोलम्बोमा आज भएको खेलमा नेपालले तुर्कमिनेस्तानलाई ३–० सोझो सेटमा पराजित गर्दै फाइनलमा पुगेको हो । आजको खेलमा नेपालले पहिलो सेट २५–१४, दोस्रो सेट २५–२१ र अन्तिम सेट २५–२० अङ्कले जितेको हो ।

जितसँगै नेपालले पाँच खेलबाट १० अङ्क जोडेको छ । यसअघि नेपालले श्रीलङ्का र माल्दिभ्सलाई समान ३–० सेटमा पराजित गरेको थियो भने उज्वेकिस्तानसँग ३–१ र किर्गिस्तानसँग ३–२ सेटमा हार बेहोरेको थियो ।

तुर्कमिनेस्तानले पाँच खेलबाट समान १० अङ्क नै जोडेको छ । उसले माल्दिभ्स र किर्गिस्तानलाई समान ३–० तथा श्रीलङ्कालाई ३–१ को सेटमा पराजित गरेको थियो भने तुर्कमिनेस्तान उज्वेकिस्तानसँग ३–१ को सेटमा पराजित भएको थियो । शनिबार नेपाल र उज्वेकिस्तानबीच फाइनल खेल हुनेछ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ओमानलाई हराउँदै नेपाल लिग-२ को शीर्ष ६ मा
२०८३ कार्तिक २, सोमबार
इटालीमा महँगीविरुद्धको प्रदर्शनमा हिंसा, प्रधानमन्त्री मेलोनीद्वारा निन्दा
२०८३ कार्तिक २, सोमबार
भोटेकोशी बाढीपछि बर्दियाका पाँच परिवारको दसैँ आँसुमा
२०८३ कार्तिक २, सोमबार
मासु खाँदा हड्डी अड्किए आफैँ निकाल्ने प्रयास नगर्न चिकित्सकको सुझाव
२०८३ कार्तिक २, सोमबार
हेगमा पीटीएमको आरोपः पाकिस्तानी सेनाले आतंकवादी समूहहरू खडा गर्‍यो
२०८३ कार्तिक २, सोमबार
राष्ट्रपति लुइज इनासिओ लुला र बोल्सोनारोबीच चुनावी बहस हुँदै
२०८३ कार्तिक २, सोमबार
कोप-३१ मा नेपालको प्राथमिकताः जलवायु न्याय, अनुकूलन र हानि–नोक्सानी
२०८३ कार्तिक २, सोमबार