कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

आज कर्णाली प्रदेशमा सार्वजनिक विदा

सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

सुर्खेत । आज (कार्तिक १ गते) कर्णाली प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । कर्णाली प्रदेश सरकारले प्रदेशभरि लागू हुनेगरी सार्वजनिक बिदा दिएको हो । आज कर्णाली प्रदेशमा रहेका सबै सरकारी तथा सार्वजनिक संघसंस्थाहरू बन्द रहने छन् ।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार गत वैशाख १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कार्तिक १ गते बिहीबारका दिन असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को अवसरमा बिदा दिने निर्णय गरेको हो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया