कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

राष्ट्रपति पौडेल २५ कात्तिकमा अजरबैजान जाने

संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलनमा भाग लिन बकु जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल २५ कात्तिकमा अजरबैजानको बाकु जाने भएका छन् ।

मङ्गलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको ५ दिने भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्री गुरुङका अनुसार राष्ट्रपति जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औं सम्मेलनमा भाग लिन अजरबैजान जान लागेका हुन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया