श्रावण १५, २०८२ बिहिबार July 31, 2025

सुर्खेतमा राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने

बिस्फोटकजन्य पटकाहरू, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थहरू नपड्काउन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौं, १५ कात्तिक । जिल्ला प्रशासन कार्यालय सुर्खेतले राति १० बजेसम्म मात्रै देउसीभैलो खेल्न अनुरोध गरेको छ । बुधबार सूचना जारी गर्दै राति १० बजेपछि देउसीभैलो खेल्न नपाइने बताएको हो ।

तिहारको अवसरमा देउसीभैलो, नाचगान, साँस्कृतिक कार्यक्रम जस्ता मनोरञ्जनात्मक कार्यहरू राती १० बजेसम्म मात्रै गराउन पाइने जनाएको छ ।

प्रशासकीय अधिकृत गीता बरै मगरद्वारा जारी सूचनामा बिस्फोटकजन्य पटकाहरू, आतसबाजी जस्ता प्रज्वलनशील पदार्थहरू नपड्काउन र ओसार पसार तथा विक्री वितरण नगर्न र नगराउन अनुरोध गरिएको छ ।

यस्तै, प्रशासनले जुवातास लगायतका जुवाजन्य खेल नखेल्न नखेलाउन पनि सुर्खेतवासीमा अनुरोध गरेको छ । यदी प्रशासनको सूचना विपरित कार्य गरेमा प्रचलित कानून बमोजिम कारबाही गरिने चेतावनी समेत प्रशासनले दिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया