असार २५, २०८२ बुधबार July 9, 2025

तिहारमा साढे १९ करोडको सुन र चाँदीका सिक्का बिक्री

एक वर्षमा राष्ट्र बैंकबाट बिक्री हुने सुन र चाँदीका सिक्कामध्ये ९० प्रतिशतभन्दा बढी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः यस वर्षको तिहारमा मात्र साढे १९ करोडभन्दा बढी मूल्यका सुन र चाँदीका सिक्का (असर्फी र मेडालियन) बिक्री भएका छन् । नेपाल राष्ट्र बैंकले बबरमहलस्थित टक्सार विभागबाट यही कात्तिक ११ देखि १४ सम्म चाँदीका र कात्तिक १३ मा एक दिन मात्र असर्फी बिक्री गरेको थियो । उल्लिखित रकम सोही अवधिमा बिक्री भएका सुन र चाँदीका सिक्काको हो ।

असर्फी बनाउन आवश्यक उच्च गुणस्तर (९९९.९९ टच) को सुन अभाव भएको भन्दै राष्ट्र बैंकले धनतेरसको अवसरमा एक दिन मात्र सुनको सिक्का बिक्री गरेको थियो । कात्तिक १३ मा ४ हजार ३ सय ८५ थान अथवा १६ करोड १६ लाख ५३ हजार २५ रुपैयाँ बराबरको असर्फी बिक्री गरिएको राष्ट्र बैंक टक्सार विभागले जनाएको छ । २.५ ग्रामको असर्फी प्रतिथान ३६ हजार ८ सय ६५ रुपैयाँमा बिक्री गरिएको थियो । प्रतिव्यक्ति एक थानका दरले एक दिन मात्र उक्त असर्फी बिक्री गरिएको थियो । विगतका वर्षमा २.५, ५ र १० ग्रामका असर्फी बिक्री गर्दै आएको राष्ट्र बैंकले यस वर्ष २.५ ग्रामको मात्र असर्फी बेचेको थियो ।

राष्ट्र बैंकले चाँदीका सिक्का भने चार दिन (गत आइतबारदेखि बुधबारसम्म) बिक्री गरेको थियो । उक्त अवधिमा कुल १६ हजार ७ सय ४० थान ३ करोड ५१ लाख ७ हजार ६ सय रुपैयाँ बराबरका चाँदीको सिक्का बिक्री भएका छन् । यसअनुसार गत आइतबार १ हजार ३ सय ६२, सोमबार २ हजार ९ सय ५१, मंगलबार ८ हजार ५ सय १६ र बुधबार ८ हजार ५ सय १६ थान असर्फी बिक्री भए । राष्ट्र बैंकले विभिन्न भगवान् र जनावर अंकित चाँदीका सिक्का बिक्री गर्दै आएको छ । यसअनुसार लक्ष्मी अंकित मेडालियन, गणेश अंकित, गजलक्ष्मी अंकित, गाई अंकित २५ ग्राम र गाई अंकित १० ग्रामका सिक्का बिक्री गर्दै आएको छ ।

गत मंगलबार मात्र लक्ष्मी अंकित मेडालियन ३ हजार ३ सय थान (५७ लाख ५७ हजार ४ सय रुपैयाँ), गणेश अंकित मेडालियन २ हजार ६ सय थान (३९ लाख ३५ हजार ५ सय रुपैयाँ), गजलक्ष्मी अंकित मेडालियन २ हजार ९ सय थान (३७ लाख ३७ हजार ८ सय रुपैयाँ), गाई अंकित मेडालियन २५ ग्रामको २ हजार ३ सय थान (६९ लाख ४ हजार रुपैयाँ) र गाई अंकित मेडालियन १० ग्रामका २ हजार ५ सय थान (२५ लाख १४ हजार ६ सय रुपैयाँ) सिक्का बिक्री भएका थिए ।

नेपाल राष्ट्र बैंकको टक्सार विभागले सुनचाँदीका सिक्का पनि सर्वसाधारणलाई वितरण गर्दै आएको छ । तर नोटको माग दसैंमा धेरै भएजस्तै सुन र चाँदीका सिक्काको माग तिहारमा धेरै हुने राष्ट्र बैंकका अधिकारी बताउँछन्  । एक वर्षमा राष्ट्र बैंकबाट बिक्री हुने सुन र चाँदीका सिक्कामध्ये ९० प्रतिशतभन्दा बढी तिहारका बेला बिक्री हुने राष्ट्र बैंकले जनाएको छ ।

नेपालीहरूमा सुन र चाँदीका सिक्काप्रतिको मोह अचाक्ली देखिन्छ । गत वर्ष तिहार र धनतेरसको समयमा मात्र सुन र चाँदीका गरी करिब ४३ हजार थान सिक्का बिक्री भएका थिए । सुनको बजार मूल्यका आधारमा असर्फीको मूल्य तोकिन्छ । बजारमा सुनका गहना खरिद गरेजस्तै राष्ट्र बैंकबाट असर्फी खरिद गर्न सकिन्छ ।

बजारमा सुनचाँदी पसलमा पनि असर्फी बिक्रीका लागि राखिएको हुन्छ । तर राष्ट्र बैंक सरकारी निकाय भएकाले गुणस्तरमा विश्वस्त हुन सकिन्छ । यसकारण सर्वसाधारण राष्ट्र बैंकबाटै असर्फी खरिद गर्न रुचाउँछन् । सुनको बजार मूल्यमा निर्माण लागत थप गरी असर्फीको मूल्य तय गरिएको हुन्छ । व्यक्तिलाई असर्फी बिक्री गर्दा राष्ट्र बैंकले सुनको प्रचलित बजार मूल्यमा प्रतिग्राम ३ सय रुपैयाँ थप गरी दैनिक मूल्य तय गर्छ । तर संस्थाको हकमा प्रतिग्राम ५ सय रुपैयाँ थप हुने राष्ट्र बैंकले बताएको छ । कान्तिपुर

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार