बैसाख ५, २०८३ शनिबार April 18, 2026

चालिस हजार राष्ट्रिय परिचयपत्र प्रशासनमै थन्किए

राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको आशंका

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

तनहुँ १८ कात्तिकः लिन नआएपछि जिल्ला प्रशासन कार्यालय तनहुँमा चालिस हजारभन्दा बढी राष्ट्रिय परिचयपत्र थन्किएका छन् । राष्ट्रिय परिचयपत्रको फाराम भरेर अधिकांश व्यक्ति विदेशिएका कारण परिचयपत्र लिन नआएको हुनसक्ने जनाइएको छ ।

कार्यालयका कम्प्युटर प्राविधिक प्रताप पण्डितले नयाँ परिचयपत्रका लागि दैनिक एक सय २० देखि एक सय ५० जनासम्म आउने गरे पनि तयारी अवस्थामा रहेका परिचयपत्र लिन भने २५देखि ३० जना मात्र आउने गरेको बताउनुभयो । चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म दुई हजार ७०१ जनाले नयाँ फाराम दर्ता गरेका छन् भने दुई हजार पाँच जनाले परिचयपत्र लगेका छन् ।

चालु आवको प्रथम त्रैमासिकमा राहदानीतर्फ पुरुष दुई हजार १७, महिला एक हजार ३३६, नाबालक ४९ गरी तीन हजार ४०१ जनाले सिफारिस लिएको सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार नागरिकतातर्फ वंशजको आधारमा महिला सात सय ८५, पुरुष सात सय ५१ गरी एक हजार ५३६ जनाले नागरिकता लिएका छन् । यस्तै एक हजार १२३ महिला र एक हजार १८३ पुरुषले नागरिकताको प्रतिलिपी लिएका छन् । वैवाहिक अङ्गीकृततर्फ भने दुई जनाले मात्र नागरिकता लिएका छन् ।

यसैगरी नाबालक परिचयपत्र ९२, आदिवासी जनजाति प्रमाणित दुई सय ७, दलित प्रमाणित एक सय ५१, विपन्न खसआर्य १५ र मुस्लिम नौ जनाले सेवा लिएका छन् । पेन्सन सिफारिसतर्फ दुई सय १३, तिब्बतीयन शरणार्थी परिचयपत्र नवीकरण पाँच र शरणार्थीका लागि यात्रा अनुमतिपत्र सिफारिस दुई जनाले लिएका कार्यालयको तथ्याङ्क छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया