काठमाण्डौंः । कोशी प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले आज शुभ साइतमा बहिनीहरूबाट भाइटीका लगाउनु भएको छ ।
झापा गौरदह–३ स्थित निज निवासमा बहिनी सुशीला कार्की र पार्वता थापाको हातबाट दाजु दिपक कार्कीसँगै उहाँले टीका लगाउनुभएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो ।
मुख्यमन्त्री कार्कीका पाँच जना दिदीबहिनी हुनुहुन्छ । टीका लगाउनु भएसँगै उहाँले नेपालीहरूको मौलिक पर्वले एक आपसमा भावनात्मक एकता बढाउने बताउनुभयो । उहाँले नेपालीहरूको संस्कृति, परम्परा र चाडपर्वको संरक्षण गर्नु सबैको दायित्व भएको बताउनुभयो ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया