कार्तिक २९, २०८३ आइतबार November 15, 2026

थानीमाइमा आज ७४ फूलको डोली भित्रियो

विभिन्न जिल्लाबाट आएका भक्तजनले ७४ फूलको डोली भित्र्याए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ
दमौली (तनहुँ), २० कात्तिकः तनहुँको भानु नगरपालिका–७ वसन्तपुरस्थित थानीमाइ मन्दिरमा कात्तिकको तेस्रो मङ्गलबार आज ७४ फूलको डोली भित्रिएको छ ।
विभिन्न जिल्लाबाट आएका भक्तजनले ७४ फूलको डोली भित्र्याएका हुन् । त्यसक्रममा पाँच हजार आठ सय भक्तजनले मन्दिरमा पूजाआजा गरेको थानीमाइ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जीवन थापा मगरले जानकारी दिनुभयो । साथै सोमबार राति मन्दिरमा जागाराम बसेर बत्ती बाल्नेको सङ्ख्या पाँच सय १८ रहेको थियो ।
अध्यक्ष थापाका अनुसार कात्तिकको पहिलो मङ्गलबार ६६ र दोस्रो मङ्गलबार ३४ फूलको डोली भित्रिएको थियो । पहिलो मङ्गलबार दुई हजार सात सय ५० र दोस्रो मङ्गलबार चार हजार सात सय भक्तजनले मन्दिरमा पूजाआजा गरेका छन् ।
थानीमाई मन्दिरमा ६६ वटा फूलको डोली - Bhanjyang Daily : No. 1 news portal  from tanahunप्रत्येक वर्ष कात्तिक, मङ्सिर, माघ, फागुन र चैत महिनाको मङ्गलबार थानीमाइ मन्दिरमा देशका विभिन्न ठाउँबाट आएका भक्तजनले फूलको डोली चढाउने गर्दछन् । मन्दिरमा फूलको डोली चढाउनाले मनको इच्छा पूरा हुने धार्मिक विश्वास रहिआएको थापाको भनाइ छ ।
भक्तजनहरू फूलको डोली र पञ्चैबाजासहित थानीमाइ मन्दिरको नाचगान गर्दै तीनपटक परिक्रमा गर्दछन् । परिक्रमापछि माथि थुम्कामा रहेको मन्दिर परिसरमा रहेका देवलहरूमा डोलीसँगै लगिएको तोरणलाई तीन फन्का घुमाएर बाँध्ने गरिन्छ । त्यसपछि मन्दिरभित्र प्रवेश गरी आफ्नो मनोकामना भाकल पूरा भएको भन्दै पूजा अर्चना गरिन्छ । बाजागाजा र ध्वजापताकासहित थानीमाईको जयजयकारले वसन्तपुर क्षेत्र गुञ्जिने गरेको छ ।
सोमबार सत्यनारायणको पूजा गरी फूलको डोली तयार गर्ने र थानीमाइ मन्दिरमा फूलको डोली चढाउने परम्परा रहँदै आएको छ । मन्दिरमा साउनको एकादशी र औंसी बाहेकका दिनमा पूजाअर्चना हुँदै आएको छ ।
समुन्द्र सतहबाट एक हजार दुई सय मिटर उचाइमा अवस्थित यहाँबाट गोरखाको लक्ष्मी बजार, लिगलिग कोट, पालुङटार, राइनासकोटलगायत हिमश्रृङ्खलाका दृश्य देख्न सकिन्छ । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट क्षति पुगेको मन्दिरको पुनःनिर्माण सम्पन्न भइसकेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्राप्त रु १४ लाख र मन्दिरको भेटीबाट सङ्कलित रु छ लाख गरी रु २० लाखको लागतमा मन्दिरको पुनःनिर्माण गरिएको थियो ।
विसं १८२५ बाट यस मन्दिरमा पूजाअर्चना सुरु भएको स्थानीय बताउँछन् । विसं १८२५ मा मन्दिर भएको ठाउँमा भोटीनी आमाछोरी हावाहुरी चलेपछि एक रुखमा ओत लाग्दा त्यहाँबाट अन्तरध्यान भएको किंवदन्ती रहेको र सोही समयदेखि नै उक्त स्थानमा पूजाअर्चना सुरु भएको विश्वास छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
२०८३ कार्तिक २९, आइतबार