कार्तिक २९, २०८३ आइतबार November 15, 2026

तराई-मधेश सहित देशका विभिन्न भागमा उल्लासका साथ छठपर्व मनाइयो

आज व्रत बसी सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने सन्तान प्राप्तिका साथै सुख समृद्धि हुने धार्मिक विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । तराई–मधेशका विभिन्न जिल्लासहित देशैभर धार्मिक विधिपूर्वक छठ पर्वको मुख्य दिन आज साँझ व्रतालुहरूले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएका छन् ।

कार्तिक शुक्ल चतुर्थी देखि सुरु भएको छठ भोली उदाउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिएपछि सम्पन्न हुन्छ ।

आज व्रत बस्नेले हिजो दिनभरि निराहार बसी बेलुकी आफैले पकाएको खीर अथवा खरना खाने गर्दछन् ।

छठका दिन व्रत बस्ने व्यक्तिले आफैले प्रसादका रुपमा ठकुवा, भुसवा लगायतका मिष्टान्नहरू तयार पारी साँझपख नदी वा जलाशयमा नुहाएर अस्ताउँदो सूर्यलाई पूजा गरी पहिलो अर्घ्य दिनुका साथै जलाशय र नदीको किनारमा भजन–कीर्तन गरी जाग्राम बस्ने पनि चलन छ ।

आज व्रत बसी सूर्यको उपासना र पूजा गर्नाले चर्मरोग नलाग्ने सन्तान प्राप्तिका साथै सुख समृद्धि हुने धार्मिक विश्वास रहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
सबै नागरिकले सुरक्षित महसुस गर्ने राज्य निर्माण गर्नु आजको आवश्यकता : सभामुख अर्याल
२०८३ कार्तिक २९, आइतबार
क्यान्सर अस्पतालको स्तरोन्नतिमा चिनियाँ सहयोग आवश्यक: राष्ट्रियसभा अध्यक्ष दाहाल
२०८३ कार्तिक २९, आइतबार
खुलामञ्चको क्षति सुधार्दै कांग्रेस, दुबो रोपेर संरक्षणको जिम्मेवारी लिने प्रतिबद्धता
२०८३ कार्तिक २९, आइतबार
जलवायु प्रतिबद्धता कार्यान्वयनमा लैजान राष्ट्रसंघको जोड
२०८३ कार्तिक २९, आइतबार
अक्टोबर ७ आक्रमणका योजनाकार हमास कमान्डर गाजामा मारिए
२०८३ कार्तिक २९, आइतबार
छठ पर्वले राष्ट्रिय एकता र सद्भाव बढाउनेमा प्रदेश प्रमुख भट्ट विस्वस्त
२०८३ कार्तिक २९, आइतबार
दूध बेचेर आत्मनिर्भर, दुई जनालाई रोजगारी
२०८३ कार्तिक २९, आइतबार