श्रावण १४, २०८२ बुधबार July 30, 2025

भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन

योग र यज्ञका प्रभावले मानिसलाई सत्मार्गमा अग्रसर गराउन सकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, २३ कात्तिक: विश्व कल्याण र शान्तिको कामना गर्दै स्थानीय भृकुटीमण्डपमा जारी ‘अतिरुद्र विश्व कल्याण विराट् महायज्ञ’मा एक हजार एक सय ११ आचार्य तथा वटुक ४० भन्दा बढी मुलुकका यज्ञसाधक तथा वैज्ञानिक सहभागी भएका छन् ।

महायज्ञसँगै ‘वैदिक विज्ञान र आधुनिक विज्ञान’ अन्तर्राष्ट्रिय दोस्रो सम्मेलन पनि सञ्चालन जारी छ । सम्मेलनमा सहभागी अमेरिकस्थित महर्षि विश्वविद्यालयका कुलपति जोन हेगलिनले योग र यज्ञका माध्यमबाट नेपालले विश्वको नेतृत्व गर्नसक्ने राससलाई बताउनुभयो ।

योग र यज्ञका प्रभावले मानिसलाई सत्मार्गमा अग्रसर गराउन सकिने उहाँले बताउनुभयो ।

महर्षि महेश योगी नेपाल आगमनको स्वर्णमहोत्सवको अवसर पारेर आयोजना गरिएको महायज्ञ तथा सम्मेलनमा आठौँ प्राङ्गारिक कृषि मेला तथा प्रदर्शनी पनि आयोजना भएको छ ।

विश्वभर वैदिक परम्पराको प्रवद्र्धन तथा प्राकृतिक प्रकोपमा ज्यान गुमाएकाको चिरशान्तिको उद्देश्यका साथ आयोजित महायज्ञपछि देशमा सुशासन कायम गर्न योगदान पुग्ने आयोजकको विश्वास छ । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विधान विपरीत कार्यवाहक तोकेको भन्दै रञ्जिता श्रेष्ठ पदमुक्त, निर्वाचन आयोगमा पत्र दर्ता
२०८२ श्रावण १४, बुधबार
भण्डारीलाई राष्ट्रपति नबन्न सुझाव दिएको पोखरेलको दावी
२०८२ श्रावण १४, बुधबार
कमल उपाध्याय प्रेस चौतारी नेपालबाट निष्काशित
२०८२ श्रावण १४, बुधबार
बेनी अस्पतालमा ज्येष्ठ नागरिकका लागि सहुलियत उपचार सेवा सुरु
२०८२ श्रावण १४, बुधबार
भरतपुर अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या घट्यो
२०८२ श्रावण १४, बुधबार
सुनचाँदीको मुल्य ह्वात्तै बढ्यो
२०८२ श्रावण १४, बुधबार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर भट्टराई आमरण अनशनमा
२०८२ श्रावण १४, बुधबार