कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

मन्त्रिपरिषद्को बैठक आज बस्दै

मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति रामचन्द्र पौडेललाई विदाइ गर्न विमानस्थल जाने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । केही दिन यता अस्वस्थ्य रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका हुन्।

प्रधानमन्त्री अस्वस्थ्य भएपछि केही दिन यता मन्त्रिपरिषद्को बैठक बस्न सकेको थिएन। बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरवारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

बैठकले केही महत्वपूर्ण नियुक्ति र बढुवाको सिफारिस गर्ने तयारी गरेको छ। त्यस्तै, बैठकमा प्रधानमन्त्री ओलीको चिन भ्रमणका विषयमा पनि छलफल हुने बुझिएको छ।

मन्त्रिपरिषद् बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति रामचन्द्र पौडेललाई विदाइ गर्न विमानस्थल जाने कार्यतालिका छ। पौडेल दिउँसो साढे ४ बजे अजरबैजान प्रस्थान गर्दैछन् । उनी जलवायु सम्मेलनमा सहभागी हुन बाकु जान लागेका हुन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया