कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अदालतको अनुमति

न्यायाधीश नवराज दाहालको इजलासबाट १३ दिन म्याद थप गर्न आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्रीसमेत रहेका रवि लामिछानेमाथि अनुसन्धान गर्न १३ दिन म्याद थपिएको छ।

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रविलाई थप १३ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले आइतबार अनुमति दिएको हो। रविलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको यो चौथो पटक हो।

यसअघि कात्तिक २ गते पक्राउ परेका उनलाई कात्तिक ४ गते पहिलो पटक ६ दिन, कात्तिक ८ गते ७ दिन र कात्तिक २० गते कात्तिक १५ गतेबाट लागु हुनेगरी १० दिन म्याद थप गरेको थियो।

कात्तिक २० गते थपिएको म्याद सकिएपछि आइतबार रविलाई अदालतमा उपस्थित गराइएको थियो। आइतबार न्यायाधीश नवराज दाहालको इजलासले १३ दिन म्याद थप गर्न आदेश दिएको अदालत श्रोतले जानकारी दिएको छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया