कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

परराष्ट्रमन्त्री राणा र चिनियाँ राजदूत छन् सोङबीच भेटवार्ता

प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन जाने मिति तय

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौं, २६ कार्तिक । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासँग भेटवार्ता गरेका छन् ।

राजदूत सोङ्ले सिंहदरबारस्थित् परराष्ट्र मन्त्रालयमा पुगेर मन्त्री राणासँग आज भेटवार्ता गरेका हुन् ।

उनीहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको विषयमा कुराकानी भएको जनाईएको छ । प्रधानमन्त्रीको चीन भ्रमणको संयोजनको जिम्मा पनि मन्त्री राणाले पाएकी छिन् । प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीन जाने मिति तय भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया