असार २६, २०८२ बिहिबार July 10, 2025

वनको र ऐलानी जमिन हडपेर निमाण भएको फन पार्क बन्द

बन्द गरिएको सुचना फालियो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

इलाम । सामुदायिक वनको सरकारी र ऐलानी जमिन हडपेर इलामको माई नगरपालिकामा निमाण भएको फन पार्क बन्द भएको छ । वन डिभिजन कार्यालय इलामले उच्च अदातलको आदेशपछि वनको जमिन हडपेर बनाएको फनपार्क बन्द गराएको बताएको हो ।

गतवर्ष सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण ठहर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जग्गा खाली गराउन जिल्लाका निकायलाई पत्राचार गरेको थियो । अख्तियारको पत्राचारपछि वन डिभिजनले यो क्षेत्रको अतिक्रमित जग्गा फनपार्कको नामको ४१ रोपनी जग्गा छुट्याएको थियो ।

डिभिजन प्रमुख दानबहादुर श्रेष्ठले डिभिजनले अदालतको आदेश अनुसार वनको जग्गामा पर्ने फनपार्क बन्द गरिएको सूचना टाँसिसकेको र निर्माणकर्ता आफैंले पनि सरकारी र सामुदायिक वनको भागमा पर्ने पार्क आफूले प्रयोग नगर्ने कागज गरेको बताए ।

उनले भने ‘हामीलाई फनपार्क निर्माणकर्ताले अब यो मेरो होइन भनेर कागज गरिसर्नुभएको छ तर पार्क बन्द गरेको सूचना फ्याँकेको पाइएपछि निर्माणकर्ता सँग सूचना फ्याँकिएको’boutमा आफूलाई जानकारी नभएको जबाफ दिएको बताए ।

एक सय ३२ रोपनी पर्ती र माइखोलाको जनिएको तथा ४५ रोपनी सरस्वती सामुदायिक वनको जग्गा अतिक्रमण गरी कुल दुुई सय १८ रोपनी जग्गामा हेप्पी ड्रिम्प्स चेप्टी प्रालिले करोडौं रुपैयाँको लगानीमा फनपार्क निर्माण गरेको थियो । फनपार्कको नाममा भने ४१ रोपनी जग्गा रहेको छ । जग्गा छुट्याएपछि फनपार्क निर्माणकर्ता दिनेश शिवाकोटीले दायर गरेको रिटलाई उच्च अदालत विराटनगर, इलाम इजलासले ०८१ असार २२ मा खारेज गरेको थियो ।

सामुदायिक वनको सरकारी र ऐलानी जमिन हडपेर फनपार्क निमाण भएको थाहापाएपछि वन कार्यालयल छानबिन शुरु गरेको थियो । समितिको प्रारम्भिक अध्ययनबाट सामुदायिक वनको केही भाग जग्गा पार्कले हडपेको पाएपछि कार्यालयले प्रक्रिया अघि बढाएको र अब बन्द समेत भएको बताएको छ । सरकारी जग्गा कब्जा गरेको र हरियो सालका रूख काटेको विषय सञ्चारमाध्यममा सार्वजनिक भएपछि डिभिजन अधिकृत स्तरको ३ सदस्यीय छानबिन समिति बनाएर अनुसन्धान प्रक्रिया अघि बढाएको थियो ।

कम्पनीले शक्तिका भरमा सरकारी जमिन कब्जा गरेपछि स्थानीयले समेत अख्तियारमा उजुरी गरेका थिए । उजुरीपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिनको प्रक्रिया अघि बढाएको थियो ।राजधानी दैनिक

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
थेरापी सेन्टरका कर्मचारीलाई ऋण खोजेर तलब खुवाँइदै
२०८२ असार २६, बिहिबार
मीन माध्यमिक विद्यालयको छानो बनाउन इन्भेष्टमेन्ट मेगा बैंकको सहयोग
२०८२ असार २६, बिहिबार
छ करोडमा पाँच श्ययाको अस्पताल भवन निर्माण
२०८२ असार २६, बिहिबार
इन्जिनियरिङ अध्ययन संस्थानको स्वायत्तता सुनिश्चितको मागसहित प्राध्यापकहरू आन्दोलनमा
२०८२ असार २६, बिहिबार
प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी तीनदिन देखी सम्पर्कविहीन
२०८२ असार २६, बिहिबार
संघीय संसदका ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची
२०८२ असार २६, बिहिबार
एक लाख राशिको खुला पुरुष भलिबल प्रतियोगिता सुरु
२०८२ असार २६, बिहिबार