कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

रवि लामिछाने र छविलाल जोशीविरुद्ध काठमाडौँ जिल्ला अदालतद्वारा पक्राउ पूर्जी जारी

स्वर्णलक्ष्मी सहकारी संंस्थाको रकम अपचलन सम्बन्धि उजुरीमाथि अनुसन्धान गर्न प्रहरीले अदालत समक्ष पक्राउ गर्न अनुमति

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः रास्वपाका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको छ ।

काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी संंस्थाको रकम अपचलन सम्बन्धि उजुरीमाथि अनुसन्धान गर्न प्रहरीले अदालत समक्ष पक्राउ गर्न अनुमति मागेको थियो ।

प्रहरीले आजै पक्राउ अनुमति माग गरेको थियो । अदालतले पनि आजै पक्राउ अनुमति दिएको जिल्ला अदालतका एकजना अधिकारीले जानकारी दिए ।

यसैगरी, लामिछानेसहित पूर्व डिआईजी छविलाल जोशीलाई पनि जिल्ला अदालत काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ ।

लामिछाने र जोशी दुबै जना अहिले सहकारीको रकम अपचलन सम्बन्धी अनुसन्धानको क्रममा कास्की प्रहरीको हिरासतमा छन । कास्कीमा रहँदा नै दुबै जनालाई रुपन्देही जिल्ला अदालतले पनि सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान  गरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया