असार २८, २०८२ शनिबार July 12, 2025

ह्यान्डबल सङ्घको मधेस प्रदेश समिति गठन

युद्ध प्रसाद बजगाईँको अध्यक्षतामा गठित समिति सचिवमा सोनु पटेल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

वीरगञ्ज । नेपाल ह्यान्डबल सङ्घको मधेस प्रदेश समिति गठन भएको छ । वीरगन्जमा मङ्गलवार सम्पन्न भेलाले युद्ध प्रसाद बजगाईँको अध्यक्षतामा मधेस प्रदेश समिति गठन गरेको हो ।

समितिको उपाध्यक्षमा मनोज शाह, सचिव सोनु पटेल र कोषाध्यक्षमा सोनी कुमारी सोनल चयन हुनुभएको छ । सदस्यहरूमा रुकेश सुयल, एकादशी चौधरी, घनश्याम शाह, मुक्ति नारायण दास थारु र उज्ज्वल कार्की रहनुभएको छ ।

नेपाल ह्यान्डबल संघका केन्द्रिय सदस्य तथा मधेस प्रदेश इन्चार्ज विकाश गिरीको अध्यक्षता तथा राष्ट्रिय खेलकुद परिषद्का सदस्य मानदेव हजाराको उपस्थितिमा सम्पन्न भेलामा राखेपका मधेस प्रदेश कार्यालयका सहायक प्रमुख पन्नालाल साह, नेपाल भलिबल संघका केन्द्रिय सचिव महमद फिरोज अली, नेपाल ह्यान्डबल संघ पर्साका अध्यक्ष सन्दीप बस्नेत लगायतको सहभागिता रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार