मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

‘दोस्रो इलाम गोल्ड कप’मा आठ टिम सहभागी हुने

प्रतियोगिताभर करिब ६० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । इलाम सदरमुकाम स्थित ठुलो टुँडिखेलमा हुने ‘दोस्रो इलाम गोल्ड कप’मा आठ टिम सहभागी हुने भएका छन । मंसिर २२ देखि २९ सम्म सञ्चालन हुने दोस्रो संस्करणको इलाम गोल्डकपमा ए–डिभिजनका पाँचसहित आठ टिम सहभागी हुने भएका छन् ।

गोल्डकपमा डिफेन्डिङ च्याम्पियन न्युुरोड टिम, संकटा क्लब, त्रिभुवन आर्मी, चर्च ब्वाइज, झापाको रेड स्टार, मच्छिन्द्र, भारत दार्जिलिङको जिटिए र आयोजक रेड हर्स सहभागी हुने आयोजकले जानाएको छ । मंसिर २९ मा हुने फाइनल विजेताले उपाधिसहित नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुनेछन् ।

८० लाख रुपैयाँ आय–व्यय अनुमान गरिएको प्रतियोगिताका लागि अहिले धमाधम बाँसको प्याराफिट बनाइँदैछ । प्रतियोगिताभर करिब ६० हजार दर्शकले अवलोकन गर्ने लक्ष्य राखिएको आयोजक समितिका निरोज खड्गीले जानकारी दिए । उनका अनुसार दर्शकको प्रवेश शुल्क र विभिन्न दाताबाट प्रतियोगिताको खर्च संकलन गर्ने उद्देश्य छ । प्रतियोगिताको मुख्य प्रायोजन गैरआवासीय नेपालीको संस्था (एनआरएन)ले गरेको छ ।

आयोजक अध्यक्ष साङ्गो योल्मोले प्रतियोगिताका लागि तयारी धमाधम भइरहेको बताए । ‘मैदानमा प्याराफिट बनाउँने काम अन्तिम चरणमा रहेको र मैदान बारबेरको काम भईरहेको बताए । आर्थिक सहयोग संकलन पनि भइरहेको छ,’ अध्यक्ष योल्मोले भने, ‘गतवर्षको प्रतियोगिता भव्य भएकाले हामी उत्साही छौं यो वर्ष पनि त्यसरिनै साथ र सहयोग हुने विश्वास रहेको उनको भनाई छ ।’

सदरमुकामको खेलमैदानमा पक्की प्यारापेट नभएपछि बाँसको अस्थायी प्याराफिटकरिब सात–आठ हजार दर्शक अटाउने क्षमताको रहेको सचिव प्रकाश घिमिरेले जानकारी दिए । टुँडिखेलको तीन क्षेत्रतर्फ अस्थायी प्याराफिट निर्माणको काम भएको उनको भनाई छ । पक्की प्याराफिटको अभावमा हरेक प्रतियोगिता सञ्चालन गर्दा आयोजकले लाखौँ खर्च गरेर बाँसको अस्थायी प्यारापेट निर्माण गर्नुपर्ने बाध्यता छ । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधिनी एकादशीमा कांग्रेस सभापति गगन थापाको शुभकामना
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार