कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

सरकारी वकिलको कार्यालयमा रवि लामिछानेको बयान सुरु

बिहान करिब साढे ८ बजेदेखि रविको बयान जारी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । काठमाडौँ जिल्लास्थित सरकारी वकिलको कार्यालयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान सुरु भएको  छ ।

सहकारी ठगी प्रकरणमा पक्राउ पर्नुभएका लामिछानेलाई बयानको लागि बिहीबार काठमाडौँ ल्याइएको थियो । आज बिहान करिब साढे ८ बजेदेखि रविको बयान लिइएको हो ।

सरकारी वकिलको कार्यालय काठमाडौँका उपन्यायाधिवक्ता फणीन्द्र कटुवालले उनको बयान लिइरहेका छन् । कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेसँग बयान लिइएको हो । उनीविरुद्ध मङ्सिर २ मा काठमाडौँ प्रहरीले पक्राउ अनुमति पाएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया