असार २८, २०८२ शनिबार July 12, 2025

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनमा – खेलकुदमन्त्री चौधरी

पूर्वनिर्धारित समय र स्थानमै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले कर्णाली प्रदेशको सुर्खेतमा तय भएको दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी फागुनमा हुने बताउनुभएको छ ।

राष्ट्रियसभा, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा सरकारको नीति तथा कार्यक्रम २०८०/८१ मा उल्लेखित युवा तथा खेलकुद मन्त्रालयसँग सम्बन्धित सरकारी आश्वासनका विषयबारेको छलफलमा मन्त्री चौधरीले पूर्वनिर्धारित समय र स्थानमै दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गरिने प्रतिबद्धता जनाउनुभएको हो ।

“कर्णालीमा खेलकुदका संरचना छैनन्, त्यहाँ राष्ट्रिय खेलकुद प्रतियोगिता हुन सक्दैन भन्ने बुझाइ गलत हो, प्रदेश सरकारले त्यहाँ करोडौँ रुपैयाँको लगानीमा संरचना निर्माण गरेको छ, त्यही संरचनामा राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन्छ”, मन्त्री चौधरीले भन्नुभयो । खेलाडीको सामाजिक सुरक्षाका लागि मन्त्रालय प्रतिबद्ध रहेको उहाँले बैठकलाई जानकारी गराउनुभयो ।

बैठकमा सांसदहरुले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको समय र स्थान परिवर्तन गर्न नहुनेमा जोड दिनुभएको थियो । बैठकमा सांसदहरु पदम परियार, मदनकुमारी शाह, सुमित्रा बिसीलगायतले खेलकुद प्रतियोगिता तोकिएकै समय र स्थानमा गर्न मन्त्री चौधरीसँग अनुरोध गर्नुभयो ।

मन्त्रालयका सचिव सुमन अर्यालले खेलकुदलाई शिक्षा, संस्कृतिलगायत विधासँग पनि जोडेर काम गर्न लागिएको जानकारी गराउनुभयो । खेलकुद सङ्घले नै प्रतियोगिताको आयोजना गर्ने भएकाले तिनैलाई बलियो बनाउन लागिएको उहाँले बताउनुभयो । मन्त्रालयले नीति निर्माणको काम गर्ने सचिव अर्यालले बैठकमा जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत
२०८२ असार २७, शुक्रबार
त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा दुरुपयोग गर्नेबाट उठ्ने रकम निवृत्तिभरण कोषमा राख्ने
२०८२ असार २७, शुक्रबार
एन्फा यु-१६ लिग : चर्च बोइज युथ क्लबले बोइज युनाइटेडलाई ९-० गोल अन्तरले हरायो
२०८२ असार २७, शुक्रबार
दक्षिण कोरिया, अमेरिका र जापानका शीर्ष सैन्य प्रमुखहरूबीच सियोलमा भेट
२०८२ असार २७, शुक्रबार
रसुवा बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या ११ पुगे, ८६२ जनाको उद्धार : अझै १९ जना बेपत्ता
२०८२ असार २७, शुक्रबार
नेपाली राजनीतिमा स्वर्गीय गोविन्द कँडेलको योगदान स्मरणयोग्य : सभापति देउवा
२०८२ असार २७, शुक्रबार
राजनीति आफ्नो प्राणमै रहेको छ : पशुपति शमशेर जबरा
२०८२ असार २७, शुक्रबार