कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

उपराष्ट्रपति यादव स्वागत समारोहमा सरिक

युएई र नेपाल बीचको सम्बन्ध मानव संसाधन विकास, पर्यटन, ऊर्जालगायत क्षेत्रमा केन्द्रित रहेको उल्लेख

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १६ मङ्सिर : उपराष्ट्रपति रामसहायप्रसाद यादव संयुक्त अरब इमिरेट्स (युएई)को ५३औँ एकीकरण दिवसका अवसरमा आज साँझ यहाँ आयोजित स्वागत समारोहमा सहभागी हुनुभयो ।

स अवसरमा नेपालका लागि युएईका राजदूत अब्दुल्ला अल शम्सीले नेपालले आगामी सन् २०२६ मा अल्पविकसित राष्ट्रबाट विकासशील देशमा स्तरोन्नति हुने राष्ट्रिय लक्ष्यमा सघाउन आफ्नो देशले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आपसी समझदारी र सहयोगमा आधारित युएई र नेपाल बीचको सम्बन्ध मानव संसाधन विकास, पर्यटन, ऊर्जालगायत क्षेत्रमा केन्द्रित रहेको उल्लेख गर्दै उहाँले ती क्षेत्रमा निरन्तर साझेदारी गर्न आफ्नो देश तत्पर छ भन्नुभयो ।

राजदूत शम्सीले विश्वका एक सय ९० भन्दा बढी राष्ट्रसँग युएईको कूटनीतिक सम्बन्ध रहेको चर्चा गर्दै जलवायु परिवर्तन र खाद्य सुरक्षाका क्षेत्रमा अन्तर्राष्ट्रियजगत्सँग मिलेर काम गरिरहेको बताउनुभयो ।

त्यस अवसरमा उपसभामुख इन्दिरा राना मगर, संवैधानिक अङ्गका प्रमुख तथा पदाधिकारी, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, उद्योगपतिलगायतको उपस्थिति थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया