मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

एसिया कपमा सहभागी नेपाली टोली स्वदेश फर्कियो

नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित हुँदै एसिया कपबाट बाहिर

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १९ मङ्सिर : एसियन क्रिकेट काउन्सिल (एसिसी) को आयोजनामा संयुक्त अरब इमिरेट्स (युएई) मा जारी पुरुष यु–१९ एसिया कप–२०२४ सहभागी भई नेपाली टोली स्वदेश फर्किएको छ ।

पुरुष यु–१९ एसिया कपका खेलहरू खेलेर नेपाली टोली आज साँझ स्वदेश फर्किएको हो । एसिया कपमा तीन खेल खेलेको नेपाली टोलीले एक खेलमा जित हासिल गरेको थियो । नेपालले मङ्गलबार अफगानिस्तानलाई भने एक विकेटले पराजित गर्दै सान्त्वना जित निकालेको थियो । नेपालले पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग ५ विकेटले पराजित हुँदै एसिया कपबाट बाहिरिएको हो ।

हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय टोली युएई गएको थियो । जसको उप–कप्तानमा अर्जुन कुमाल थिए । टोलीमा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद, युनिसविक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिनकुमार महतो, अपराजित पौडेल, अभिषेक तिवारी र रञ्जित कुमार रहेका थिए । यस्तै टोलीको प्रमुख प्रशिक्षक शक्ति गौचन र सहायक प्रशिक्षक धिरेन्द्र चन्द रहेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
राप्रपा महाधिवेशनमा अध्यक्षका लागि ज्ञानेन्द्र शाही पनि मैदानमा
२०८३ मंग्सिर ४, शुक्रबार
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधिनी एकादशीमा कांग्रेस सभापति गगन थापाको शुभकामना
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार