कार्तिक २६, २०८३ बिहिबार November 12, 2026

रास्वपा सभापति रवि लामिछानेलाई एकाबिहानै पोखरामा

सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै स्थलमार्ग हुँदै पोखरा पुर्‍याएको खुलाशा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

चितवन ।  सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई एकाबिहानै पोखरा पुर्‍याएको छ ।

चितवनमा बयान लिने काम सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गाडीमा राखेर राति नै पोखरा लगिएको हो  । चितवनका प्रहरी प्रमुख चितवनका प्रहरी प्रमुख एसपी गौतम मिश्रले आज ३ बजे स्थलमार्गमार्फत लगिएको र  बिहान ६ बजे लामिछानेलाई पोखरा पु¥याइएको जानकारी दिनुभयो ।

साहारा चितवन बहुउद्देश्यीय सहकारीको रकम हिनामिना अभियोगमा चितवनमा हिजो (बुधवार) राति ८ बजेसम्म बयान लिएर सकिएपछि उनलाई  पोखरा लगिएको प्रहरीले जनाएको छ ।

आज लामिछानेलाई उडानमार्फत पोखरा लगिने तयारी गरिएपनि सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै स्थलमार्ग हुँदै पोखरा पुर्‍याएको प्रहरीले जनाएको छ । बुधबार बयानकै क्रममा प्रहरी र प्रर्दशनकारीबीच झडप हुँदा प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए । भीड अनियन्त्रित भएपछि प्रहरीले पानीको फोहोरा , अश्रुग्याँस, लाठी चार्ज समेत गर्नुपरेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया