असार २३, २०८२ सोमबार July 7, 2025

मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व छः राष्ट्रपति

पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः राष्ट्रपति रामचन्द्र पौडेलले विवाहपञ्चमीले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको बताउनुभएको छ ।

राष्ट्रपति पौडेलले विवाहपञ्चमीका अवसरमा विज्ञप्ति जारी गर्दै प्राचीन मिथिलाको राजधानी रहेको पवित्र धार्मिक, सांस्कृतिक स्थल जनकपुरधाममा साताव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाउने गरिएको उल्लेख गर्नुभएको छ ।

“प्राचीनकालदेखि मिथिला क्षेत्रमा मनाइने विवाहपञ्चमी पर्वको सांस्कृतिक एवं ऐतिहासिक महत्व छ । यस पर्वले सम्पूर्ण नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्वास लिएको छु,” विज्ञप्तिमा उल्लेख छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया