असार २२, २०८२ आइतबार July 6, 2025

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ८ जना पक्राउ

मकवानपुर कैलाली सर्लाही लगायतका विभिन्न स्थानबाट समातिए लागुऔषध कारोबारी समुह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

झापा, मेचीनगर नगरपालिका-६ काँकरभिट्टा पुरानो मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित मोरङ उर्लाबारी नगरपालिका-३ बस्ने ४० वर्षीय खेमराज सुवेदीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतको पानीट्याङ्कीबाट सिटिरिक्सामा नेपालतर्फ आउँदै गरेको उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१० बसपार्कबाट अवैध लागूऔषध गाँजा करिब २ किलोग्राम सहित भारत त्रिकोलिया थाना मोतिहारी जैसीपुर चिउटई-१२ घर बताउने ६० वर्षीय राजेश्‍वर महतोलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ५० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-५ बस्ने १९ वर्षीय सुरज गिरीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनलाई पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी कैलाली, गोदावरी नगरपालिका-२ अत्तरिया लोटस गल्लीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९० मिलिग्राम सहित २ जनालाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोदावरी नगरपालिका-२ तेघरी बस्ने २३ वर्षीय सुरेन्द्र भट्ट र २४ वर्षीय धिरेन्द्र धामी रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सुनसरी, कोशी गाउँपालिका-१ लौकही बजारबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम १ सय २० मिलिग्राम सहित सोही गाउँपालिका-३ कदम टोल बस्ने ५५ वर्षीय तेज नारायण साहलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-७ डुमडुमे मन्दिरस्थित सडकबाट नियन्त्रित लागूऔषध नाईट्राजेपाम ३ सय ९० पिस सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा गाउँपालिका-२ संग्रामपुर बस्ने २० वर्षीय रवि मण्डल र २१ वर्षीय रोशन मण्डल रहेका छन् । इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले बिआर ३० डिएक्स ६२४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार
समयमै मल र बीउ पुर्‍याउने गरी कानुन बनाउन लागेका छौँः कृषिमन्त्री अधिकारी
२०८२ असार २२, आइतबार
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
२०८२ असार २२, आइतबार
निर्वाचन क्षेत्रभन्दा माथिका भ्रातृ संस्थाले पार्टीलाई कमजोर बनाए : मिनेन्द्र रिजाल
२०८२ असार २२, आइतबार
सहकारीका बचतकर्ताको पौने चार अर्ब फिर्ता
२०८२ असार २२, आइतबार
उपप्रधानमन्त्री पौडेलद्वारा लुम्बिनी प्रादेशिक अस्पतालको निरीक्षणः २६ प्रतिशत निर्माण प्रगति
२०८२ असार २२, आइतबार
साझा यातायात आबद्ध कर्मचारीको निःशुल्क आँखा परीक्षणः १५ जनामा दृष्टिदोष समस्या
२०८२ असार २२, आइतबार