असोज २१, २०८३ बुधबार October 7, 2026

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

धादिङ ज्वालामुखी गाउँपालिका–३ का  अन्जन भट्ट प्रहरी नियन्त्रणमा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ, १८ साउनः प्रहरीले बैंकिङ कसुर मुद्दामा फरार रहेका एक प्रतिवादीलाई काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ बाट पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार धादिङ ज्वालामुखी गाउँपालिका–३ का  अन्जन भट्टलाई पक्राउ गरिएको हो ।

चितवन जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भई फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले कागेश्वरी मनोहराबाट नियन्त्रणमा लिएको हो । उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।

यस्तै, जगरनाथपुर गाउँपालिका–२ बाट स्रोत नखुलेको दुई लाख नौ हजार ५०० भारतीय रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर राक्सिराङका दिपेश हिमडुङ र तिलक हिमडुङ रहेका छन् ।

इलाका प्रहरी कार्यालय जानकी टोलबाट खटिएको प्रहरीले मोटरसाइकलमा सवार भइरहेको बेला उनीहरूलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया