श्रावण २, २०८२ शुक्रबार July 18, 2025

कांग्रेसको बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा १० सदस्य थपिए

विधानतः विभागमा बढीमा ५१ जना राख्न सकिने व्यवस्था

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपाली कांग्रेसले बालबालिका तथा किशोर किशोरी समन्वय विभाग विस्तार गरेको छ । जीवन राना प्रमुख रहको उक्त विभागमा १० जना सदस्य थपिएको छ । बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा आइतबार नयाँ सदस्यहरू थपिएका हुन् ।

मनोनीत सदस्यहरूमा सुनसरीकी लक्ष्मी ठाकुर, रामेछापका निर्मल घिसिङ, इलामकी योगमाया गिरी, कास्कीका चन्द्र गुरुङ, बाँकेका खलिल खाँ, रुपेन्देहीकी रूपा विक, कालिकोटकी सुशिला बम छन् ।

थप मनोनित सदस्यहरूमा बाराका यादवकृष्ण चौधरी, कञ्चनपुरका हरि अधिकारी र भागिरथि विष्ट छन् । विधानतः विभागमा बढीमा ५१ जना राख्न सकिने व्यवस्था छ । पार्टीले हालका लागि १० जना सदस्य मनोनित गर्न विभाग प्रमुखहरूलाई निर्देशन दिएको छ ।

जनसम्पर्क समिति समन्वय विभागमा भने पार्टी निर्देशनभन्दा बढी सदस्यलाई मनोनित गरिएको छ । किरण शर्मा पौडेल प्रमुख रहेको जनसम्पर्क समिति समन्वय विभागमा २८ जना मनोनित गरिएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
नाइटोमा तेल लगाउँदा हुनेछ पेट सफा
२०८२ श्रावण २, शुक्रबार
बामदेव गौतमको अभियान नेकपा एसमा समाहितकाे प्रकिया सुरू
२०८२ श्रावण २, शुक्रबार
काभा पुरुष च्याम्पियन्स लिगमा हेल्प नेपालको विजयी शुरुआत
२०८२ श्रावण २, शुक्रबार
ह्वाइट हाउसले भन्यो, ‘राष्ट्रपति ट्रम्प नशाको रोगी हुनुहुन्छ’
२०८२ श्रावण २, शुक्रबार
नेपाल र चीनबीचको सम्बन्धलाई पुस्ता पुस्तासम्म विस्तार गर्नुपर्छः प्रधानमन्त्री
२०८२ श्रावण २, शुक्रबार
अन्तरजातीय प्रेमजोडीसँग सम्बन्धित चलचित्र ‘जदौ’ निर्माण हुँदै
२०८२ श्रावण २, शुक्रबार
मातृशिशु मृत्युदर घटाउन गर्भवतीलाई पोषण
२०८२ श्रावण २, शुक्रबार