मंग्सिर ४, २०८३ शुक्रबार November 20, 2026

लिग विजेता चर्ज ब्वइजसँग आर्मी स्तब्ध

मङ्सिर २९ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

इलाम । चर्च ब्वइजका बिदेसी खेलाडी अर्मान्डोकोे निर्णायक गोल सँगै विभागीय टोली त्रिभुवन आर्मी पराजित भएको छ । इलाम सदरमुकाम स्थित ठुलो टुँडिखेलमा जारी ‘दोस्रो इलाम गोल्ड कप’मा बलियो दाबेदार मानिएको विभागीय टिम त्रिभुवन आर्मीलाई २–१ गोल अन्तरले पराजित गरेसँगै अन्तिम चारको यता तय गरेको हो । खेल सुरु भएको दुई मिनेटमै डिबक्स भित्र भएको फल्डमार्फत आर्मीले पाएको पेनाल्टीबाट नीरज चौधरीले टिमलाई अग्रता दिलाएका थिए ।

सुरुवाती समयमानै अग्रता लिएको आर्मीले खेलको अन्तिम १५ मिनेट जोगाउन नसक्दा लिग बिजेता चर्ज ब्वइसँग स्तब्ध बनेको छ । मध्यान्तर अघि दबाबमा राखेको आर्मीले मध्यान्तर पछि चर्ज ब्वइजले खेल सुधारे सँगै अन्तिममा निर्णय आफ्नो पक्षमा पार्न सफल बन्यो । खेलको ७६ औ मिनेटमा रोहन कार्कीले गोल गर्दे खेललाई बराबरी बनाएका थिए । त्यसको सात मिनेट बित्न नपाउँदै अर्मान्डोले गोल गर्दे चर्ज ब्वइजको जित पक्का बनाए ।

खेलको दुई मिनेटमै गोल गरेको आर्मीले १३ र १५ औ मिनेटमा नीराजन धामी र नीरज चौधरीले लगातार अवसर पाए पनि त्यसलाई सदुपयोग गर्न सकेनन् । १९ औ मिनेटमा नीरजको प्रहार गोल किपर सन्दीप लिम्बुले रोके । ३१ औ मिनेटमा नीराजनको निकै राम्रो अवसर प्रहार गर्न चुक्दा कर्नरमा परिणत भयो ।

३२ औ मिनेटमा डिबक्स नजिकै फल्डभएपछि पाएको अवसरलाई आर्मीले सदुपयोग गर्न सकेन । ४२ औ मिनेटमा नीराजनले बल नभेट्दा आर्मीको अर्को अवसर चुक्यो । मध्यान्तर पछि खेल सुधारेको चर्ज ब्वइज सामु आर्मीले अवसर सिर्जना गर्न खोजे पनि निकै दबाबमा प¥यो । चर्ज ब्वइजको दबाब थाम्दै खेलेको आर्मीले अन्तिम १५ मिनेट जोगाउन नखक्दा सेमिफाइनलको यता तय हुन सकेन ।

यता दर्शकको निकै साथ पाएको चर्ज ब्वइज सुरुको दुई मिनेटमै गोल खाए पनि खेललाई समाल्न सफल बन्यो । १३ औ मिनेटमा एरिक विष्टको प्रहार पोल माथि पुग्यो भने १५ औ मिनेटमा खेल बराबरी बनाउने अवसर पाएको अर्मान्डो चुक्न पुगे । २३ औ मिनेटमा समीर तामाङमाथि भएको फल्डमार्फत अवसर पाए पनि रोहन कार्कीको प्रहार फ्रेममा पर्न सकेन ।

२८ औ मिनेटमा कमल श्रेष्ठको प्रहार बिदेसी खेलाडी अवायोमाईको हेट गोल पोस्टमा परेन । ४१ औ मिनेटमा अरमान्डोको निकै राम्रो अवसरले सदुपयोग भएन । मध्यान्तर पछि नयाँ रणनितिका साथ मैदान उत्रेको चर्ज ब्वइजले ५६ औ मिनेटमा कमल श्रेष्ठको प्रहारमा अनन्त तामाङको हेड पोस्ट माथि पुग्यो । ६७ औ मिनेटमा अवायोमाईले बनाएको अवसर समीर तामाङले सदुपयोग गर्न सकेनन् ।

७१ औ मिनेटमा अवायोमाईले राम्रो अवसर पाए पनि सदुपयोग नगर्दा आर्मीको आत्मबल बलियो बनिसकेको देखिन्थ्यो तर ७६ औ मिनेटमा रोहन कार्किको गोलले चर्ज ब्वइजले पुनरागमन गरे सँगै खेल निकै तातिन पुग्यो । त्यसको सात मिनेट नबित्दै अर्मान्डोले आफ्नो टिमलाई अग्रता दिलाए ।

उक्त गोल नै टिमको लागि निर्णायक बन्यो । यो सँगै बुधवार आयोजक रेड हर्ष सँग सेमिफाइनलको भेट तय भएको छ । खेलको म्यान अफ द म्याच चर्ज ब्वईजका रोहन कार्की घोषित भए । मङ्गलवार रेड स्टार झापा र मच्छिन्द्र फुटबल क्लब बिच अन्तिम क्वाटर फाइनल खेल हुने छ । मङ्सिर २९ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुनेछन् । राजधानी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
हाइड्रो हेरिटेज पर्यटनको गन्तव्य फर्पिङ
२०८३ मंग्सिर ४, शुक्रबार
चाँगुनारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
२०८३ मंग्सिर ४, शुक्रबार
सुनको मूल्यमा ठूलो गिरावट, एकैदिन तोलामा १२ हजारभन्दा बढी सस्तियो
२०८३ मंग्सिर ४, शुक्रबार
हरिबोधिनी एकादशीमा कांग्रेस सभापति गगन थापाको शुभकामना
२०८३ मंग्सिर ४, शुक्रबार
प्रधानमन्त्रीको भारत भ्रमणबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै
२०८३ मंग्सिर ४, शुक्रबार
कम्पनीलाई वार्षिक विवरण र कर दाखिला गर्न पुस मसान्तसम्म समय थप
२०८३ मंग्सिर ४, शुक्रबार
उपत्यकामा ट्राफिक नियम उल्लंघन बढ्दो, एकैदिन ७२३ चालक कारबाहीमा
२०८३ मंग्सिर ४, शुक्रबार