असार २६, २०८२ बिहिबार July 10, 2025

एनपीएलमा आज जनकपुर र सुदूरपश्चिम तथा काठमाडौं र लुम्बिनी प्रतिष्पर्धा गर्दै

एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्स तथा काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स भिड्दै छन् ।

जारी एनपिएलमा चार खेल खेलेको जनकपुर बोल्ट्स सबै खेलमा विजयी भएको छ । सुदूरपश्चिम रोयल्सले चार खेलमध्ये तीनमा जित निकालेको छ ।

तीन खेल खेलेको काठमाडौं गुर्खाजले दुई खेल जितेको छ भने एक खेलमा पराजित भएको छ । लुम्बिनी भने पाँच खेलमा एउटा मात्र जित्न सफल भएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया